लकडाउनमा आकस्मिक रूपमा अस्पताल जान परे के गर्ने ?
काठमाडौं। कोभिड-१९ बाट जोगिन अहिले देशैभर लकडाउन गरिएको छ । अधिकांश मानिस घरबाट बाहिर निस्किएका छैनन् । तर, तपाईँको घर, टोल–छिमेक वा आफन्तमा कुनै बिरामीलाई तत्कालै अस्पताल लैजानुपर्ने अवस्था आए के गर्नुहुन्छ? पक्कै पनि तपाईंले यसबारे योजना बनाउनु भएको छैन।

त्यो अवस्था आएमा के गर्ने? अझ त्यस्तो बेलामा कस्तो सावधानी अपनाउने ?

चिकित्सकहरुका अनुसार यस्तो बेला सबै मानिसले आवश्यक सतर्कता अपनाउन जरुरी छ । कोभिड–१९ का लक्षण देखिए अपनाउनुपर्ने सावधानी त छँदैछ, दम, एपेन्डिसाइटिस, उच्च रक्तचाप र अत्यधिक पेट दुख्ने जस्ता आकस्मिक बिरामीलाई अस्पताल लैजाँदा पनि सावधानी अपनाउनुपर्ने हुन्छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा इन्टरनल मेडिसिन विभागअन्तर्गत संक्रमण रोग हेर्ने डा. सविन थपलिया कोभिड–१९ महामारीको बेला अन्य बिरामी, आफन्त र स्वास्थ्यकर्मीले पनि आवश्यक सतर्कता अपनाउन जरुरी रहेको बताउँछन् ।

“कस्ता किसिमका बिरामी हुन् त्यसको पहिचान गर्नुपर्यो, कुन अस्पतालमा उपचार हुन्छ, चिकित्सक उपलब्ध छ÷छैन पत्ता लगाएर अस्पताल लैजानुपर्ने हुन्छ”, डा. थपलिया भन्छन्, “अपरेसन गर्नुपर्नेछ भने सर्जन उपलब्ध भएको अस्पतालमा जानुपर्यो ।”

राजधानीका अधिकांश अस्पतालमा इमर्जेन्सी खुला छ, तर ओपिडी बन्द छ । कोभिड–१९का लागि प्रायः हरेक अस्पतालमा छुट्टै हेल्थ डेस्क राखिएका छन् ।

अहिलेको बेला जुनसुकै बिरामी भएपनि कोभिड–१९ बाट जोगिने सावधानी अपनाउनैपर्ने उनी बताउँछन् । ट्याक्सी चालक वा एम्बुलेन्सका चालकसम्मले पनि सावधानीका उपाय अपनाउनुपर्ने, उनीहरुले अनिवार्य रुपमा मास्क र ग्लोभ्स लगाउनुपर्ने चिकित्सकहरुको सुझाव छ । डा. थपलियाका अनुसार बिरामी, आफन्त, स्वास्थ्यकर्मी र चालकले अपनाउनुपर्ने सावधानी यसप्रकार छन्ः

बिरामीले अपनाउनुपर्ने

– अस्पतालमा पुग्दा अन्य बिरामीसँग दुरी कायम राख्ने

– अरु बिरामीसँग घुलमिल नहुने

– अनावश्यक ठाउँमा नछुने

–  छोइहाले साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने

आफन्त (कुरुवा)ले अपनाउनुपर्ने

– बिरामीको प्रकृति हेरेर सावधानी अपनाउने

– रुघाखोकीका बिरामी छन् भने एक मिटर (तीन फिट)को दुरी कायम गर्ने

– अरु बिरामीको छेउमा नजाने

– पटक–पटक साबुनपानीले हात धुने

– स्यानिटाइजर प्रयोग गर्ने

– मास्कको अनिवार्य प्रयोग गर्ने

– अरुबाट जोगिन अपनाउनुपर्ने सावधानी अपनाउने

स्वास्थ्यकर्मीले अपनाउनुपर्ने

– बिरामीसँग तीन फिटको दुरी कायम गर्ने

– थुकका छिटा उछिट्टिएर पर्नसक्ने हुँदा मास्क लगाउने

– अनिवार्य पञ्जा लगाउने, फाल्ने

– पटक–पटक हात धुने

– जुनसुकै बिरामीलाई उपचार गराउँदा सावधानी अपनाउने

चालकले अपनाउनुपर्ने

– एम्बुलेन्स वा ट्याक्सीका सबै झ्याल खुल्ला राख्ने

– अनिवार्य मास्क लगाउने

– सकेसम्म तीन फिटको दुरी कायम राख्ने

– बिरामीलाई अस्पताल पुर्याइसकेपछि गाडी सफा गर्ने

– साबुनपानी वा स्यानिटाइजरले हात सफा गर्ने

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्