काठमाडौं। कोभिड-१९ नौलो रोग भएकाले यसको उपचारबारे संसारमै चिकित्सा क्षेत्रसँग धेरै अनुभव छैन। कोभिड-१९ पहिचानका लागि आवश्यक पर्ने परीक्षणको व्यवस्था विश्वमै सर्वशुलभ पनि छैन। यसका लागि चाहिने पीसीआर प्रविधि अमेरिकामै पनि कमै छ। यद्यपी सुधारात्मक भने छ। नेपालमा पनि यो प्रविधि सबै ठाउँमा सहजरूपमा पुर्याउन गाह्रो छ।
तर कोभिड-१९ को परीक्षणको उपलब्धता भएन भनेर यसको उपचारै गर्न नसकिने भने हुँदैन। सहज तरिकाले परीक्षणको व्यवस्था नभए पनि आफैले केही सावधानी अपनाउनु जरूरी हुन्छ। अमेरिकामा पनि सर्वत्र परीक्षणको व्यवस्था छैन। यहाँका चिकित्सकहरूले कोभिड-१९ को लक्षण देखिएका विरामीहरूले अपनाउनुपर्ने सजगताबारे विभिन्न सुझावहरू दिने गरेका छन्। जुन सुझावको पालना गरेमा पनि कोभिड-१९ को रोकथामका लागि धेरै सहयोगी हुनसक्छ।
अमेरिकी अभ्यास
कोभिड-१९ रोग पहिचान गर्ने टेस्टिङ (परीक्षण) अहिले नै सबै ठाउँमा सर्बसुलभ हुन सक्ने छैन भन्ने मानेरै हामी अघि बढ्नुपर्ने हुन्छ। टेस्टिङ उपलब्ध नभएका कुनै मानिसमा कोभिड-१९ को लक्षण देखिएमा यहाँ आफ्नो चिनेको डाक्टर, स्वास्थ्यकर्मीलाई वा स्वास्थ्य संस्थामा टेलिफोन सम्पर्क गर्न सुझाव दिइन्छ।
तत्कालै टेस्टिङ गर्न सकिने अवस्था छैन भने सबैभन्दा उत्तम उपाय भनेको आफू अरुबाट अलग्गै भएर बस्ने नै हो। घरमा अन्य मान्छेसँग अलग भएर बस्नुहोस्, कोठामा सीमित हुनुहोस् र सावधानीका उपायहरू अपनाउनुहोस् भनेर नै डाक्टरहरूले सुझाउने हो ।
यहाँ टेस्टिङ उपलब्ध छैन भनेर आफूखुसी अर्को ठाउँमा जानु भनेको त्यो जोखिमपूर्ण व्यवहार हो। किनभने यसो गर्दा संक्रमण थप फैलन सक्ने हुन्छ। वा भनौं, लक्षण देखिएको व्यक्तिले अर्को व्यक्तिमा रोग सार्ने डर हुन्छ। त्यसैले यस्तो अवस्थामा आफूलाई सीमित गरेर निगरानीमा राख्नु नै श्रेयश्कर हुन्छ।
अर्को बुझ्नुपर्ने कुरा के हो भने, करीब ८० प्रतिशत मानिसहरुमा कोभिड-१९को इन्फेक्सन माइल्ड साधारण असर) देखिन्छ। तपाईंको इन्फेक्सन साधारण छ भने पनि सम्भव भएसम्म टेस्टिङ गराउनुपर्ने हुन्छ। तर टेस्टिङ सहज छैन भने पनि अत्तालिइहाल्नु पर्दैन। यस्तो अवस्थामा विरामीहरू टेस्टिङकै लागि भनेर एक ठाउँबाट अर्को ठाउँमा हिड्यो भने त्यसले सबैलाई जोखिम निम्त्याउँछ। त्यसैले यसतर्फ पनि पर्याप्त ध्यान दिनुपर्छ।
मानौं टेस्टिङ उपलब्ध छ र कसैको टेस्टिङ गर्दा नतिजा पोजेटिभ आउँछ भने उक्त विरामीलाई अस्पतालमा भर्ना गरिहाल्नु पर्छ भन्ने हुँदैन। सामान्यतया टेस्टिङका लागि आएका विरामीलाई पनि अस्पतालमा भर्ना गरिँदैन। गम्भीर अवस्थामा पुगिसकेपछि कुनै विरामी अस्पताल आएको छ भने त्यो फरक कुरा हो।
विरामीको रिपोर्ट पोजेटिभ आयो तर उसमा गम्भीर लक्षणहरू छैनन् भने सीमित भएर कोठामा बस्न, अन्य व्यक्तिसँग सम्पर्क नगर्न र सामाजिक दुरी कायम गर्न सुझाइन्छ। त्यस्ता व्यक्तिहरूलाई मात्र अस्पतालमा भर्ना गरिन्छ जसमा गम्भीर लक्षणहरू देखिन्छन्। जस्तै स्वास्प्रश्वासमा समस्या देखिएमा, शरीरमा अक्सिजनको मात्रा कम भएमा, रक्तचाप तलमाथि भएमा, अचेत नै भएमा वा मुटु, किड्नीमै असर परेका विरामीलाई अस्पताल भर्ना गरिन्छ।
भर्ना गरिसकेपछि पनि कोभिड-१९ को अचुक औषधि र उपचार छैन। अहिले चिकित्सा क्षेत्रले उपलब्ध गराउने भनेको सपोर्टिभ केयर नै हो। जस्तै: अक्सिजन कम भएकालाई अक्सिजन चढाउने, शरीरमा पानीको मात्र कम भएकालाई पानी चढाउने अनि निमोनिया भएकालाई एन्टिबायोटिक चलाउने। सास फेर्नै गाह्रो भएको विरामीलाई आइसीयुमा राख्ने।
के भाइरस मार्ने उपचार छ त ?
कोभिड-१९ मार्ने स्थापित उपचार अहिलेसम्म छैन। यो अझै अध्ययनकै क्रममा छ। यसको उपचारमा अहिले मलेरिया, एचआइभी, इबोला आदीको औषधि प्रयोग गरिँदै आएको छ। विश्व स्वास्थ्य संगठन, अमेरिका, युरोप र चीनले पनि अध्ययन गरिरहेका छन्। कुन औषधि प्रभावकारी र सुरक्षित भन्ने कुरा अध्ययन पूरा भएपछि नै थाहा होला।
यसको भ्याक्सिन पनि अहिले उपलब्ध छैन। नेशनल इन्स्टिच्यूट अफ हेल्थका वैज्ञानिकहरू भ्याक्सिन बनाउन जुटेका छन्। तर त्यसले मूर्तरूप लिन पनि अझै वर्षदिन जति लाग्ने देखिन्छ।
नेपाल कस्तो अवस्थामा छ ?
नेपालको सुखद पक्ष के भने यो (कोभिड-१९) अन्य देशहरूको तुलनामा ढिलो गरी नेपाल प्रवेश गर्यो। त्यसैले हामीसँग तुलनात्मकरूपमा समय धेरै उपलब्ध छ। सरकारले घोषणा गरेको लकडाउनलाई पालना गर्यौं, सामाजिक दुरी कायम राख्न सक्यौं र सावधानी अपनायौं अनि अर्कोमा सारेनौं भने त्यो नै सबैभन्दा उत्तम हुन्छ। प्राथमिक सुझावहरू पालना गर्ने हो भने पनि कोभिड-१९ रोकथाम गर्न सक्छौं।
अहिलेको अवस्थामा कोभिड-१९ रोगसँग लड्ने हतियार औषधि वा भ्याक्सिन हैन, हाम्रो व्यवहार नै हो।