भारतीय गायिका कनिका कपुरको चौथो परीक्षण पनि पोजेटिभ

काठमाडौं। भारतीय गायिका कनिका कपुरको चौथो परीक्षण पनि पोजेटिभ आएको छ। लखनउको सन्जय गान्धी पोस्ट ग्रेजुएट इन्स्टिट्युटमा उपचार गराइरहेकी उनको रिपोर्ट नेगेटिभ नआउँदासम्म उपचार चलिरहनेछ।

चौथो परीक्षण पनि पोजेटिभ देखिएपछि उनीसँगै उनको घरपरिवार चिन्तित देखिएका छन्। घर परिवारका सदस्यहरूले भने उनको उपचार सही तरिकाले नभएको दाबी गरेका छन्।

चार पटकको रिर्पोट पोजेटिभ आउँदा निराश मुद्रामा देखिएकी कनिकाले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भावुक पोस्ट सेयर गरेकी छन्। र, पाँचौ परीक्षण नेगेटिभ आउने आशा व्यक्त गरेकी छन्।

उनले लेखेको पोस्टमा भनिएका छ, “जीवनले हामीलाई समयको सदुपयोग गर्न सिकाउँछ, जबकि समयले हामीलाई समयको महत्व सिकाउँछ।”

आफू परिवार तथा सन्तानलाई भेट्न निकै आतुर भएकोसमेत उनले लेखेकी छन्।

९ मार्चमा लन्डनबाट भारत आएकी उनी २० मार्चमा कानपुर हुँदै लखनउ पुगेकी थिइन्। जहाँ परीक्षणका क्रममा उनमा कोरोना पोजेटिभ देखिएको थियो।

लखनउको एक हाई प्रोफाइल पार्टीमा सहभागी भएकी थिइन्। पार्टीमा सहभागी भएका ६० भन्दा बढीको नमूना परीक्षण गरिएको थियो। पार्टीमा सहभागी भएका दुर्इ सय ६६ जनामध्ये ६० जना उनको सम्पर्कमा आएका थिए। तिनीहरूको परीक्षणका क्रममा कोभिड-१९ नेगेटिभ देखिएको थियो। एजेन्सी

प्रतिक्रिया दिनुहोस्