महेन्द्रनगरका व्यापारी साहद्वारा वृद्धवृद्धालाई खाद्यान्न वितरण

काठमाडौं। कञ्चनपुरको महेन्द्रनगरस्थित महिला तथा वृद्ध सेवा केन्द्रमा रहेका वृद्धवृद्धाहरूलाई त्यहाँका व्यापारी हरिकृष्ण साहले आवश्यक खाद्यान्न उपलब्ध गराएका छन्। लकडाउनका समयमा आवश्यक खाद्य सामग्री अभाव झेलिरहेका वेला साहले उपलब्ध गराएका हुन्।

आज बिहान वृद्ध सेवा केन्द्रमा पुगेर व्यापारी साहले एक क्‍विन्टल चामल, ५० किलो आलु, दाल, नुन तेल, फलफूललगायत वितरण गरेका हुन्।

उक्त वृद्धाश्रममा ६२ जना वृद्धवृद्धा, हिंसा पीडित महिला र केही आश्रित बालबालिका बस्दै आएका छन्।

महेन्द्रनगरमै रहेको अञ्चल बाल अनाथालय र अर्को वृद्धाश्रममा पनि खाद्यान्न वितरण गर्न लागेको व्यापारी साहले बताए।

प्रतिक्रिया दिनुहोस्