काेभिड-१९ राेकथाम कोषमा क्रिकेट खेलाडी संघको ४ लाख ६२ हजार

काठमाडौं। क्रिकेट खेलाडी संघ (सिप्यान)ले सोमबार सरकारले कोभिड-१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको कोषमा ४ लाख ६२ हजार रूपैयाँ सहयोग गरेको छ।

सिप्यानले वार्षिक रूपमा आयोजना गर्दै आएको एनसीसीएस-सिप्यान क्रिकेट अवार्ड २०२० को पाँच विधाका विजेता खेलाडीलाई प्रदान गरिने पुरस्कार रकमबाट कोभिड-१९ रोकथाम कोषलाई सहयोग गरेको हो।

सिप्यानले एनसीसीएस ग्रुपको मुख्य प्रायोजनमा गरिने अवार्ड कार्यक्रममा वर्ष क्रिकेट खेलाडी पुरूष र महिला, वर्ष उदयीमान क्रिकेट खेलाडी, वर्ष उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट विधामा अवार्ड प्रदान गर्दै आएको थियो। कोभिड-१९ संक्रमणकै कारण यस वर्षको अवार्ड कार्यक्रम स्थगित भएको थियो। त्यही स्थगित अवार्डको पुरस्कार रकम सिप्यानले कोभिड-१९ रोकथाम कोषमा सहयोग गर्ने भएको हो।

सिप्यानले भनेको छ, ‘‘सम्पूर्ण क्रिकेट खेलाडीलाई प्रतिनिधित्व गर्दै आयोजक सिप्यान र प्रायोजक एनसीसीएस ग्रुपको तर्फबाट ४ लाख ६२ हजार रकम सहायोग गर्ने जानकारी गराउँछौं। साथै अवार्ड कार्यक्रमको अर्को संस्करण आगामी वर्ष २०२१ मा गरिनेछ।’’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्