काठमाडौं। कोभिड–१९ को कारण नेपालको अर्थतन्त्रमा कुल ६७ अर्ब १० करोड रूपैयाँ बराबरको क्षति हुने प्रारम्भिक अनुमान अर्थ मन्त्रालयले गरेको छ।
अर्थमन्त्रालयले तयार पारेको ‘नोबेल कोरोना भाइरसको संक्रमणबाट नेपाली अर्थतन्त्रमा पर्न सक्ने प्रभाव एवम् तत्काल चाल्नुपर्ने कदमसम्बन्धी प्रतिवेदन’मा सम्भावित उत्पादन क्षतिको अनुमान गरिएको छ।
कोभिड–१९को विश्वव्यापी प्रभावले आपूर्ति श्रृंखलामा परेको असर र मुलुकमा हालै गरिएको लकडाउनको कारण हुने सम्भावित क्षतिको आकलन अर्थ मन्त्रालयले गरेको हो।
सार्वजनिक नभइसकेको मन्त्रालयको प्रतिवेदनमा भनिएको छ, “सेवा क्षेत्रमा २७ अर्ब, उद्योग क्षेत्रमा ११ अर्ब रूपैयाँ र कृषि क्षेत्रमा २ अर्ब रूपैयाँ उत्पादन गुम्ने देखिन्छ।”
सेवा क्षेत्रमध्ये होटल एवं रेष्टुरेन्ट व्यवसाय सबैभन्दा बढी प्रभावित हुने भएको छ। अहिलेको अनुमानमा होटल एवं रेष्टुरेन्ट व्यवसायमा मात्रै ६ अर्ब रुपैयाँको क्षति हुने अनुमान अर्थ मन्त्रालयको छ।
अर्थ मन्त्रालयको आकलनअनुसार सामान्य प्रशासन तथा रक्षा, शिक्षा र स्वास्थ्य तथा सामाजिक कार्यको क्षेत्रमा भने कुनै क्षति हुने छैन।
अर्थ मन्त्रालयको आकलनअनुसार सबैभन्दा बढी २७ अर्ब सेवा क्षेत्रबाट गुम्ने देखिएको छ। होटल, यातायात र व्यापारमा रहेको जनशक्ति र तिनमा आश्रित परिवार कोभिड–१९ को प्रकोपले सबैभन्दा बढी प्रभावित हुने सरकारी आकलन छ।
उक्त प्रतिवेदनका अनुसार, होटल क्षेत्रमा ३ लाख ७१ हजार, यातायातमा ३ लाख ८२ हजार र व्यापारमा १२ लाख ४० हजार जनशक्ति रहेका छन्।
" /> काठमाडौं। कोभिड–१९ को कारण नेपालको अर्थतन्त्रमा कुल ६७ अर्ब १० करोड रूपैयाँ बराबरको क्षति हुने प्रारम्भिक अनुमान अर्थ मन्त्रालयले गरेको छ।अर्थमन्त्रालयले तयार पारेको ‘नोबेल कोरोना भाइरसको संक्रमणबाट नेपाली अर्थतन्त्रमा पर्न सक्ने प्रभाव एवम् तत्काल चाल्नुपर्ने कदमसम्बन्धी प्रतिवेदन’मा सम्भावित उत्पादन क्षतिको अनुमान गरिएको छ।

">