पाेखरा। कोरोना भाइरस (कोभिड-१९) को जोखिम न्यूनीकरण गर्न सरकारले आह्वान गरेको लकडाउनका कारणले प्रभावित बनेका ज्यालादारीमा काम गर्ने मजदुरलगायतका लागि राहत प्याकेज ल्याइने भएको छ।

गण्डकी प्रदेश सरकारले गठन गरेको प्रदेशस्तरीय आपूर्ति तथा अनुगमन समितिले लकडाउनको मारमा परेका सडक बालबालिका, दैनिक ज्यालामा काम गर्ने मजदुर, क्वारेन्टाइनमा बसेका र आर्थिकरूपमा आफैं किनेर खाने क्षमता नभएकाहरूका लागि राहत प्याकेज ल्याउन लागेको हो।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल संयोजक र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगर सहसंयोजक रहेको सो समितिले प्रदेशमा सहजरूपमा खाद्यान्न जनतासम्म पुगोस् भन्ने हेतुले न्यूनतम मूल्यमा खाद्य सामग्री वितरणको व्यवस्था गर्न लागेको जनाएको छ।

आजदेखिनै मोबाइल एप्स सञ्चालनमा ल्याएर अति प्रभावित घर परिवार र स्थानीय तहसम्मको माग सङ्कलन गर्ने, स्थानीय तहका प्रमुखहरूसँग समन्वय गर्न ९ वटा ‘टास्क फोर्स’ बनाउने, दैनिक उपभोग्य वस्तुको कालोबजारी र अभाव हुन नदिन अनुगमन गर्ने, प्रदेश बाहिरबाट आवश्यक उपभोग्य सामग्री भित्राउने र जिल्लादेखि स्थानीय तहसम्म आपूर्ति अनुमगन समिति गठन गरिने समितिका सहसंयोजक मन्त्री थापामगरले जानकारी दिए।

“जारी लकडाउनका कारणले शारीरिक श्रम गरेर जीवन निर्वाह गर्ने नागरिकहरू मारमा परेका छन्। उनीहरूलाई असहज परिस्थितिमा राज्यको तर्फबाट राहत उपलब्ध गराउने र गण्डकी प्रदेशमा कोही पनि भोकै बस्नु नपर्ने अवस्थाका लागि प्याकेज ल्याउन लागेका छौँ”, उनले भने।

हिजाे, १६ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले असहज अवस्थामा समेत गाउँगाउँसम्म खाद्यान्न आपूर्ति तथा वितरणमा सघाउने, अत्यावश्कीय वस्तुहरूको आपूर्ति, मूल्य र गुणस्तर कायम गर्नका लागि प्रदेश, जिल्ला तथा स्थानीय तहस्तरीय आपूर्ति समिति गठन गर्ने निर्णय गरेको थियो।

प्रदेशस्तरीय समितिमा प्रमुख जिल्ला अधिकारी, प्रदेश नीति योजना आयोगमा आपूर्ति हेर्ने सदस्य, प्रदेश प्रहरी कार्यालय सदस्य, प्रदेश उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, उपभोक्ता उपभोक्ता हित संरक्षण समिति, पत्रकार महासंघ र वन वातावरण मन्त्रालयको वाणिज्य तथा आपूर्ति महाशाखा सदस्य छन्।

त्यसैगरि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्तरीय आपूर्ति समिति गठन गरेको छ। सो समितिमा जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुख सदस्य, महागनर, नगरपालिका र गाउँपालिकाका प्रमुख/उपप्रमुख सदस्य रहनेछन्। त्यसैगरी स्थानीय तहमा समेत प्रमुखको संयोजकत्वमा आपूर्ति समिति गठन गर्न लागिएको छ। रासस

" /> पाेखरा। कोरोना भाइरस (कोभिड-१९) को जोखिम न्यूनीकरण गर्न सरकारले आह्वान गरेको लकडाउनका कारणले प्रभावित बनेका ज्यालादारीमा काम गर्ने मजदुरलगायतका लागि राहत प्याकेज ल्याइने भएको छ।

"> गण्डकी प्रदेशमा राहत प्याकेज ल्याइने: Dekhapadhi
गण्डकी प्रदेशमा राहत प्याकेज ल्याइने

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्