९९३ जनाकाे नमूना परीक्षण, पाँचजनामा काेराेना भाइरसकाे संक्रमण

काठमाडाैं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजसम्म ९९३ जनाकाे नमूना परीक्षण गरिएको जनाएकाे छ।

तीमध्ये पाँचजनामा मात्रै कोरोना भाइरस पोजेटिभ भेटिएको मन्त्रालयकाे भनाइ छ।

एकजना निको भएर गइसकेका छन् भने बाँकी चारजना अहिले उपचाररत छन्।

आज मात्रै ७६ जनाकाे नमूना परीक्षण भएका छन्।

काठमाडाैंकाे शुक्रराज ट्रपिकल तथा सरूवा राेग अस्पताल टेकुमा चारजना र पाटन अस्पतालमा तीनजना आइसोलेसनमा छन्। आइसोलेसनमा रहेका चारजना बिरामीका परिवारको नमूना परीक्षण नेगेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्