काठमाडौं। कोरोना भाइरस (कोभिड-१९) का संक्रमित चारजनाका परिवार, आफन्त र नजिक सम्पर्कमा आएका सबै व्यक्तिहरूको नमूना परीक्षणको रिपोर्ट ‘नेगेटिभ’ देखिएकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमित चारैजनासँग सम्पर्कमा रहेका मानिसहरूको नमूना संकलन गरेर परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ देखिएकाे छ।
“चारैजना संक्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङको काम अहिले पनि जारी छ”, उनले भने, “सम्पर्कमा आउने बित्तिकै हामीले सबैको नमूना लिएर परीक्षणको काम गरिरहेका छौं।” उनले यसका लागि टोलीहरू सक्रिय भएर लागिरहेको बताए।
ती चारजनामध्ये दुईजनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा राेग अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ। एकजनाको सेती प्रादेशिक अस्पताल धनगढी र अर्काे व्यक्तिको धौलागिरि अस्पतालमा उपचार भइरहेको छ। चारैजनाको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार आजसम्म ९९३ वटा नमूनाको परीक्षण गरिएको छ। तीमध्ये पाँचजनामा मात्रै कोरोना भाइरस पोजेटिभ भेटिएको छ। एकजना निको भएर गइसकेका छन्।
“आज मात्रै ७६ नयाँ नमूनाको परीक्षण भएका छन्। दायरा बढाएसँगै परीक्षणको दर पनि बढिरहेको छ”, प्रवक्ता देवकोटाले भने, “अब सातवटै प्रदेशमा प्रयोगशाला स्थापना भएर परीक्षण शुरू भएपछि धेरैभन्दा धेरैको परीक्षण गर्न सकिनेछ।”
" /> काठमाडौं। कोरोना भाइरस (कोभिड-१९) का संक्रमित चारजनाका परिवार, आफन्त र नजिक सम्पर्कमा आएका सबै व्यक्तिहरूको नमूना परीक्षणको रिपोर्ट ‘नेगेटिभ’ देखिएकाे छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमित चारैजनासँग सम्पर्कमा रहेका मानिसहरूको नमूना संकलन गरेर परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ देखिएकाे छ।

">