हेटौंडा। बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषका लागि हेटौंडा औद्योगिक क्षेत्रमा रहेको गोर्खा लाहारी तथा सिटीजन्स् बैंकले सहयोग रकम हस्तान्तरण गरेका छन्।
आज फरक-फरक समयमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई उनीहरूले सहयोग रकमको चेक समेत हस्तान्तरण गरे।
गोर्खा लाहारीका कम्पनीका म्यानेजर बजरंगीप्रसाद सिंहले १० लाख र सिटीजन्स् बैंक हेटौंडाका सहायक म्यानेजर मोनिका प्रधान र क्रेडिट विभागका दीपबहादुर थापाले सात लाख रूपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
यसैगरी, गोर्खा लाहारीले एक लाख रूपैयाँ जिल्ला विपद कोषमा प्रदान गरेको छ। कम्पनीका म्याजेजर सिंहले जिल्ला समन्वय प्रमुख रघुनाथ खुलाललाई एक लाख रूपैयाँको चेक हस्तान्तरण गरे।
विश्व्यापी रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणमा सहयोग गर्न कोषमा रकम प्रदान गरिएको संस्थाका प्रतिनिधिहरूले बताएका छन्।
महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा सरकारलाई विभिन्न क्षेत्रका संघसंस्थाहरूले सहयोग गरेको भन्दै मुख्यमन्त्री पौडेलले धन्यवाद दिए।
विश्वभरी नै आतंक फैलाएको यो रोग नियन्त्रणमा हरेक क्षेत्रको उत्तिकै भूमिका हुने उनले बताए।
" /> हेटौंडा। बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषका लागि हेटौंडा औद्योगिक क्षेत्रमा रहेको गोर्खा लाहारी तथा सिटीजन्स् बैंकले सहयोग रकम हस्तान्तरण गरेका छन्।आज फरक-फरक समयमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई उनीहरूले सहयोग रकमको चेक समेत हस्तान्तरण गरे।

">