कोभिड-१९ रोकथाम कोषमा सञ्‍चय कोषको दुई करोड <p>काठमाडौं। कर्मचारी सञ्चय कोषले सरकारले खडा गरेको &lsquo;कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष&rsquo;मा दुई करोड रूपैयाँ जम्मा गरेको छ।</p> <p>आज प्रेस विज्ञप्ति जारी गर्दै कर्मचारी सञ्चय कोषले सो बराबरको रकम जम्मा गरेको जनाएको हो।</p> <p>कोरोना भाइरस (कोभिड&ndash;१९) संक्रमणको रोकथाम तथा उपचारका लागि सरकारले कोष खडा गरेको छ। यसमा सहयोगी हातहरू जुटिरहेका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्