काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोभिड–१९ को सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा कार्यरत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी र सुरक्षार्थ खटिने सुरक्षाकर्मीको मनोबल उच्च राख्न सरकारलाई सुझाव दिएको छ।
संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई टेलिफोनमार्फत् कोरोना भाइरस नियन्त्रण, न्यूनीकरण एवं उपचारका लागि सरकारले ल्याएको स्वास्थ्य उपकरण तथा सामग्री अविलम्ब सबै प्रदेश र जिल्लामा पुर्‍याउन ध्यानाकर्षण गराए।
साथै उनले देशभरका सबै स्वास्थ्य केन्द्रमा आवश्यक पर्ने स्वास्थ्य उपकरण तथा सामग्री वितरणका लागि थप गुणस्तरीय र प्रभावकारी सामग्रीको यथाशीघ्र व्यवस्था गर्नुपर्ने सुझाव दिएको कांग्रेस संसदीय दलले जनाएको छ।
प्रमुख सचेतक खाँणले निजी अस्पताल र स्वास्थ्य संस्थालाई आवश्यक पर्ने स्वास्थ्य उपकरण तथा सामग्री उपलब्ध गराई कोरोना भाइरस महामारी रोकथाम, नियन्त्रण तथा उपचार अभियानमा सहभागी गराउनुपर्ने बताए।
त्यसक्रममा स्वास्थ्यमन्त्री ढकालले प्रमुख सचेतक खाँणलाई नेपालमा ल्याइएको स्वास्थ्य उपकरण तथा सामग्री सबै प्रदेशमा वितरण गरिएको र प्रदेशबाट सबै जिल्लामा वितरण हुने बताएको कांग्रेस संसदीय दलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
साथै थप स्वास्थ्य उपकरण तथा सामग्री यही चैत २१ गतेसम्म नेपाल आइपुग्नेसमेत बताउँदै मन्त्री ढकालले निजी अस्पताल तथा स्वास्थ्य संस्थालाई पनि कोराना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा सहभागी गराउने प्रक्रिया भइरहेको जानकारी गराएका थिए। रासस
" /> काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोभिड–१९ को सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा कार्यरत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी र सुरक्षार्थ खटिने सुरक्षाकर्मीको मनोबल उच्च राख्न सरकारलाई सुझाव दिएको छ।
संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई टेलिफोनमार्फत् कोरोना भाइरस नियन्त्रण, न्यूनीकरण एवं उपचारका लागि सरकारले ल्याएको स्वास्थ्य उपकरण तथा सामग्री अविलम्ब सबै प्रदेश र जिल्लामा पुर्‍याउन ध्यानाकर्षण गराए।
साथै उनले देशभरका सबै स्वास्थ्य केन्द्रमा आवश्यक पर्ने स्वास्थ्य उपकरण तथा सामग्री वितरणका लागि थप गुणस्तरीय र प्रभावकारी सामग्रीको यथाशीघ्र व्यवस्था गर्नुपर्ने सुझाव दिएको कांग्रेस संसदीय दलले जनाएको छ।
प्रमुख सचेतक खाँणले निजी अस्पताल र स्वास्थ्य संस्थालाई आवश्यक पर्ने स्वास्थ्य उपकरण तथा सामग्री उपलब्ध गराई कोरोना भाइरस महामारी रोकथाम, नियन्त्रण तथा उपचार अभियानमा सहभागी गराउनुपर्ने बताए।
त्यसक्रममा स्वास्थ्यमन्त्री ढकालले प्रमुख सचेतक खाँणलाई नेपालमा ल्याइएको स्वास्थ्य उपकरण तथा सामग्री सबै प्रदेशमा वितरण गरिएको र प्रदेशबाट सबै जिल्लामा वितरण हुने बताएको कांग्रेस संसदीय दलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
साथै थप स्वास्थ्य उपकरण तथा सामग्री यही चैत २१ गतेसम्म नेपाल आइपुग्नेसमेत बताउँदै मन्त्री ढकालले निजी अस्पताल तथा स्वास्थ्य संस्थालाई पनि कोराना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा सहभागी गराउने प्रक्रिया भइरहेको जानकारी गराएका थिए। रासस
"> स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल उच्च बनाउन कांग्रेसको सुझाव    : Dekhapadhi
स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल उच्च बनाउन कांग्रेसको सुझाव
काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोभिड–१९ को सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा कार्यरत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी र सुरक्षार्थ खटिने सुरक्षाकर्मीको मनोबल उच्च राख्न सरकारलाई सुझाव दिएको छ।
साथै उनले देशभरका सबै स्वास्थ्य केन्द्रमा आवश्यक पर्ने स्वास्थ्य उपकरण तथा सामग्री वितरणका लागि थप गुणस्तरीय र प्रभावकारी सामग्रीको यथाशीघ्र व्यवस्था गर्नुपर्ने सुझाव दिएको कांग्रेस संसदीय दलले जनाएको छ।
प्रमुख सचेतक खाँणले निजी अस्पताल र स्वास्थ्य संस्थालाई आवश्यक पर्ने स्वास्थ्य उपकरण तथा सामग्री उपलब्ध गराई कोरोना भाइरस महामारी रोकथाम, नियन्त्रण तथा उपचार अभियानमा सहभागी गराउनुपर्ने बताए।
त्यसक्रममा स्वास्थ्यमन्त्री ढकालले प्रमुख सचेतक खाँणलाई नेपालमा ल्याइएको स्वास्थ्य उपकरण तथा सामग्री सबै प्रदेशमा वितरण गरिएको र प्रदेशबाट सबै जिल्लामा वितरण हुने बताएको कांग्रेस संसदीय दलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
साथै थप स्वास्थ्य उपकरण तथा सामग्री यही चैत २१ गतेसम्म नेपाल आइपुग्नेसमेत बताउँदै मन्त्री ढकालले निजी अस्पताल तथा स्वास्थ्य संस्थालाई पनि कोराना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा सहभागी गराउने प्रक्रिया भइरहेको जानकारी गराएका थिए। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्