अस्पतालहरूलाई स्वास्थ्य विभागले भन्यो- 'स्वास्थ्यकर्मीहरूको स्वास्थ्य सुरक्षामा ध्यान दिनू'

काठमाडौं। स्वास्थ्य सेवा विभागले कोभिड-१९ को प्रकोप बढिरहेको बेला उपचारमा खटिने स्वास्थ्यकर्मीहरूको स्वास्थ्य सुरक्षामा ध्यान दिन अस्पतालहरूलाई निर्देशन दिएको छ।

विभागले अस्पतालमा कार्यरत कर्मचारीलाई इन्फ्लुएन्जाको लक्षण देखिएमा कम्तिमा १० दिन वा निको नभएसम्मका लागि विदा दिन र निगरानीमा राख्न भनेको छ।

विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले पत्रचार गरेर यस्तो निर्देशन दिएका हुन्।

त्यस्तै मधुमेह, उच्च रक्तचाप, दम, श्‍वासप्रश्‍वासमा समस्या भएका, सुत्केरी तथा गर्भवती कर्मचारीलाईहरूलाई कोरोना भाइरस संक्रमणको शंकास्पद बिरामीहरूको प्रत्यक्ष उपचार र व्यवस्थापनको काममा नखटाउन विभागले निर्देशन जारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्