पशुपक्षीलाई आहाराको व्यवस्था मिलाउँदै काठमाडौं महानगरपालिका

काठमाडौं। काठमाडौं महानगरपालिकाले सडकमा रहेका चौपाया र चराचुरुङ्गीलाई खानेकुरा खुवाउने भएको छ।

लकडाउनका कारण मानिसहरु घर बाहिर निस्किन नपाउँदा सडकमा रहेका कुकुर, गाई, बाँदरलगायतका चौपायाले खानेकुरा खान पाएका छैनन्।

मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा हिजो, १७ चैतमा बसेको कार्यपालिका बैठकले त्यसका लागि सबै वडामा खर्च पठाउने निर्णय गरेको छ।

प्रमुख शाक्यले भने, “राहत वितरणलगायत कार्यका लागि केन्द्रले यसअघि नै ठूला वडालाई चार लाख, मझौला वडालाई तीन लाख र साना वडालाई थप निकासा दिएको छ । आवश्यक पर्‍यो भने पुनः पैसा दिने निर्णय भएको छ ।”

काठमाडौं महानगरपालिकाले कोभिड-१९ सम्बन्धी राहत वितरण मापदण्ड-२०७६ पनि स्वीकृत गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्