तर, कोभिड-१९ को विश्वव्यापी महामारीबाट प्रभावित भएको छ, यो धार्मिक कार्यक्रम पनि। कोराना भाइरसको संक्रमण फैलिन नदिन सरकारले शुरुमा सात दिन लकडाउन घोषणा गरेको थियो, जसलाई पुनः एक साता लम्ब्याइएको छ। लकडाउन शुरु भएयता नै पशुपतिको सन्ध्या आरतीमा रोक लगाइएको हो।
आरतीमा सहभागी हुन साँझपख पशुपतिनाथ परिसरमा भक्तजनको भीड लाग्ने गर्थ्यो। उनीहरू प्रत्यक्ष सांगीतिक भजनमा झुम्ने गर्थे। तर, त्यस्तो भीडभाड कोराना भाइरसको संक्रमण फैलिन सहयोगी बन्ने जोखिमका कारण पशुपति क्षेत्र विकास कोषले आरतीमा रोक लगाएको हो।
कोरोनाको संक्रमण फैलिने जोखिम मोल्न नसकिएको कोषले जनाएको छ। अहिले आरतीको समयमा पशुपतिनाथ परिसरमा भजन सुनिँदैन, शंख, घण्टको आवाज मात्र सुनिन्छ।
वैदिक मन्त्रोच्चारणबाट शुरु हुने आरतीमा सरस्वती स्तोत्र, शिवजीको महाआरती, शिव ताण्डव, शिव पञ्चाक्षर, रुद्राष्टकलगायत भजन गाइन्थ्यो। हरेक साँझ एक घण्टा आरतीमा झुम्थे, भक्तजन।
आरतीको समय बालिने धुपको अष्ठ सुगन्धले विषालु किराहरू मर्ने, दुषित भावना हट्ने तथा मानिसलाई सदाचारी र शिष्ट बन्न प्रेरित गर्ने धार्मिक विश्वास रहेको आरती समितिका कोषाध्यक्ष नारायण पौडेल बताउँछन्।
‘यो पुण्यभूमिमा यस्तो संकट कहिल्यै परेको थिएन,’ पौडेल भन्छन्, ‘लकडाउन खुल्नासाथ आरती शुरु गर्नेछौं।’
दिनको काम समापनपछि शिवपार्वतीको नाममा सन्ध्या आरती गर्दा चित्त शुद्ध हुने विश्वास हिन्दू धर्मावालम्बीहरू गर्ने गर्छन्।
आरती समितिमा सर्वसाधारणदेखि विशिष्ट व्यक्तित्वसम्मले आ-आफ्ना कर्मकाण्ड र उत्सवका अवसरमा बत्ति बाल्न पाउनुपर्ने माग गर्दै आएका छन्। तर, समितिले त्यस्ता सबै कर्ममा रोक लगाएको छ।

लकडाउनमा पर्यो पशुपति आरती पनि (भिडिओसहित): Dekhapadhi
लकडाउनमा पर्यो पशुपति आरती पनि (भिडिओसहित)

काठमाडौं। पशुपतिनाथ मन्दिर नजिक वागमती किनारमा साँझपख हुँदै आएको आरती पनि लकडाउनमा परेको छ। १२ वर्षपछि पहिलो पटक आरती बन्द भएको छ।

२१ साउन ०६४ देखि पशुपतिनाथ मन्दिर नजिक सन्ध्याकालीन सांगीतिक आरती शुरु भएको थियो। हालसम्म एक दिन पनि यसलाई बन्द गर्नु परेको थिएन।

पशुपतिनाथ मन्दिर नजिक वागमती किनारमा आरती गर्दै बटुकहरू

तर, कोभिड-१९ को विश्‍वव्यापी महामारीबाट प्रभावित भएको छ, यो धार्मिक कार्यक्रम पनि। कोराना भाइरसको संक्रमण फैलिन नदिन सरकारले शुरुमा सात दिन लकडाउन घोषणा गरेको थियो, जसलाई पुनः एक साता लम्ब्याइएको छ। लकडाउन शुरु भएयता नै पशुपतिको सन्ध्या आरतीमा रोक लगाइएको हो।

आरतीमा सहभागी हुन साँझपख पशुपतिनाथ परिसरमा भक्तजनको भीड लाग्‍ने गर्थ्यो। उनीहरू प्रत्यक्ष सांगीतिक भजनमा झुम्‍ने गर्थे। तर, त्यस्तो भीडभाड कोराना भाइरसको संक्रमण फैलिन सहयोगी बन्‍ने जोखिमका कारण पशुपति क्षेत्र विकास कोषले आरतीमा रोक लगाएको हो।

आरतीका क्रममा सुनसान वागमती किनार

कोरोनाको संक्रमण फैलिने जोखिम मोल्न नसकिएको कोषले जनाएको छ। अहिले आरतीको समयमा पशुपतिनाथ परिसरमा भजन सुनिँदैन, शंख, घण्टको आवाज मात्र सुनिन्छ।

वैदिक मन्त्रोच्चारणबाट शुरु हुने आरतीमा सरस्वती स्तोत्र, शिवजीको महाआरती, शिव ताण्डव, शिव पञ्‍चाक्षर, रुद्राष्‍टकलगायत भजन गाइन्थ्यो। हरेक साँझ एक घण्टा आरतीमा झुम्थे, भक्तजन।

आरतीको समय बालिने धुपको अष्‍ठ सुगन्धले विषालु किराहरू मर्ने, दुषित भावना हट्ने तथा मानिसलाई सदाचारी र शिष्‍ट बन्‍न प्रेरित गर्ने धार्मिक विश्‍वास रहेको आरती समितिका कोषाध्यक्ष नारायण पौडेल बताउँछन्।

‘यो पुण्यभूमिमा यस्तो संकट कहिल्यै परेको थिएन,’ पौडेल भन्छन्, ‘लकडाउन खुल्नासाथ आरती शुरु गर्नेछौं।’

दिनको काम समापनपछि शिवपार्वतीको नाममा सन्ध्या आरती गर्दा चित्त शुद्ध हुने विश्‍वास हिन्दू धर्मावालम्बीहरू गर्ने गर्छन्।

आरती समितिमा सर्वसाधारणदेखि विशिष्‍ट व्यक्तित्वसम्मले आ-आफ्ना कर्मकाण्ड र उत्सवका अवसरमा बत्ति बाल्न पाउनुपर्ने माग गर्दै आएका छन्। तर, समितिले त्यस्ता सबै कर्ममा रोक लगाएको छ।