बागलुङकी कोरोना भाइरस संक्रमित युवतीको परिवारसहित ११ जनाको नमूना परीक्षणका लागि पठाईँदै
बागलुङ। बागलुङकी कोरोना संक्रमित युवतीसँग ४ चैतमा एउटै जहाजमा नेपाल आएका ढोरपाटन नगरपालिकाका एक युवक, बागलुङ नगरपालिका गौँडाकोटकी महिला र युवतीको परिवारका सात सदस्यको नमूना संकलन भएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
ती युवतीसँगै काठमाडौँदेखि बागलुङ बजारसम्म यात्रा गरेका काठेखोला गाउँपालिका घर भई बागलुङ बजारमा बस्दै आएका अर्का एकको समेत कोरोना परीक्षणका लागि स्वाब संकलन भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए।
स्वाब आज दिउँसो पोखरा पठाउने तयारी भइरहेको छ। स्पेनबाट आएका काठेखोला गाउँपालिकाका अर्का एक युवकमा समेत कोभिड-१९ सँग मिल्दो लक्षण देखापरेकाले आज उनको समेत स्वाब लिएर सबै नमूना एकैसाथ परीक्षणका लागि पठाइनेछन्।
बुर्तिबाङमा रहेका युवाको स्वाब संकलनका लागि भने स्वास्थ्य कार्यालयका प्राविधिक डिल्ली आचार्य उनको गाउँ पुगेका छन्।
"हामीले फोन ट्रेसिङ गरिरहेका छौं, संक्रमितसँग नजिक रहेकाहरुलाई परीक्षण गरिहाल्ने योजना छ", गुरौले भने "प्रोटोकलअनुसार लक्षण देखापरेपछि मात्रै अन्य सम्भावितको जाँच हुन्छ।"
पछिल्लो समय जाँचका लागि पठाइएका १० जनासहित बागलुङमा कोरोना जाँच हुनेको सङ्ख्या १३ पुगेको छ ।
यसअघि नमूना पठाइएका बागलुङ नगरपालिकाकै दुईजनाको नतिजा नेगेटिभ देखिएको छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्