चेम्बरद्वारा सहयोग सामग्री वितरण <p>काठमाडौं। चेम्बर अफ कमसका शाखाहरूले विभिन्&zwj;न जिल्लामा सहयोग सामग्री वितरण गरेका छन्। चामल, आलुलगायत खाद्य र मास्कलगायत स्वास्थ्य सामग्री वितरण गरिएको हो।</p> <p>पोखरा चेम्बर अफ कमर्सले कास्कीमा हेल्प डेस्क खडा गरेको छ। यस्तै, कास्कीका प्रहरी, प्रशासन, स्वास्थ्य निर्देशनालय र रूपा गाउँपालिलाई पाँच हजार मास्क वितरण गरेको छ।</p> <p>लमही (दाङ) चेम्बर अफ कमर्सले लमही नगरपालिकाको कोरोना विपद व्यवस्थापन समितिलाई एक लाख एक हजार एक सय एक रुपैयाँ हस्तान्तरण गरेको छ।</p> <p>यस्तै, स्याङ्जा चेम्बर अफ कमर्सले वालिङ नगरपालिकालाई तीन हजार मास्क, २५ किलो दरका १२ बोरा चामल, ५० किलो आलु, तेल, नुनलगायत सामान हस्तान्तरण गरेको छ ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्