कोरोना कोषमा सिटिजन्स बैंकको ४९ लाख <p>काठमाडौं। संघीय सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा सिटिजन्स बैंक इन्टरनेसनलले ४९ लाख रुपैयाँ सहयोग गरेको छ।</p> <p>यस्तै, बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यत्रमअन्तर्गत सातै प्रदेश सरकारले स्थापना गरेको कोषमा सात लाख रुपैयाँका दरले सहयोग गरेको छ।</p> <p>त्यसबाट कोरोना भाइरसको रोकथाम तथा निम्न आय स्रोतका नागरिकलाई आवश्यक दैनिक उपभोग्य सामग्री प्रदान गर्न सहयोग पुग्ने बैंकको भनाइ छ।</p> <p>सरकारलाई अन्य सबै प्रकारका सहयोग गर्न आफूहरू तयार रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराजपोखरेलले बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्