दुई युवकलाई कुटपिट गर्ने सशस्त्र प्रहरीका हवल्दारलाई निलम्बन गरियो
६ नम्बर गण सप्तरीमा कार्यरत् रहेका हवल्दार चौधरीलाई गणले निलम्बन गरेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता डीआईजी प्रविणकुमार श्रेष्ठले देखापढीलाई बताए।
लकडाउनको समयमा सामान किनेर  फर्किरहेका सप्तरीको बलान बिहुल गाउँपालिका–३ मौवाहाका हरेकृष्ण साह र चन्द्र यादवलाई नदी किनारमा सशस्त्र प्रहरीका जवानले  कुटपिट गरेको भिडिओ सामाजिक संजाहरूमा भाइरल भएको थियो।
भिडओ सार्वजनिक भएलगत्रै सशस्त्र प्रहरी बलले गणपतिलाई निर्देशन दिएर छानबिन गर्न भनेको थियो। हवल्दार चौधरीलाई निलम्बन गरेर आवश्यक अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ।
हवल्दार चौधरीले पहिले एकजना युवकलाई लाठीले पिटेका छन्। पछि दुवैजनालाई घोप्टो पर्न लगाएर ढाडमा कुटपिट गरेका छन्।
कान समात्न लगाएर उनीहरूलाई नदी किनारको बालुवामा घिस्रिन लगाएर कठोर यातना समेत दिइएको भिडिओमा देखिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्