उपचारबाट पन्छिने निजी अस्पतालको लाइसेन्स खारेज गर्नुपर्छ: धनगढी उपमहानगरपालिका मेयर

कैलाली। धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले विपत्‌को समयमा सेवा दिन अटेर गर्ने निजी अस्पतालहरूको लाईसेन्स खारेज गर्नुपर्ने बताएका छन्।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वडले कोभिड-१९ को संक्रमणको जोखिमसँगै संकट परेको यो बेला सेवा बन्द गर्ने त्यस्ता अस्पतालहरूको लाईसेन्स खारेज गर्ने विषयमा छलफल भईरहेको बताए ।

"आपतको यो समयमा भाग्नेहरु अरुबेला किन चाहिए ?", मेयर वडले भने।

धनगढीमा रहेका केहि निजी अस्पतालहरु पनि लकडाउनपछि बन्द छन्।

अरू बेला पैसामुखी बनेको आरोप लाग्ने यी अस्पतालहरू एक भएर जुट्नुपर्ने बेला विभिन्न बहानामा पन्सिएको प्रति आलोचना हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्