साढे १९ लाखबढि रकमसहित ३१ जुवाडे पक्राउ

काठमाडौं। प्रहरीले गए राति छुट्टाछुट्टै ठाउँबाट १९ लाख ६३ हजार ५०२ रूपैंयासहित ३१ जना जुवाडेहरूलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले काठमाडौैंको बुढानीलकण्ठ नगरपालिका कपनस्थित नोर्बु लामाको घर भाडामा लिएर रमेश तामाङले जुवा खेलाइरहेको बेला राति २ बजे २१ जनालाई पक्राउ गरेको छ।

उनीहरुको साथबाट १८ लाख ९२ हजार रूपैंया बरामद गरिएको बौद्धका प्रहरी नायव उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए।

त्यस्तै नवलपरासीको गैँडाकोट–१० मा राजकुमार सुनारको घरमा जुवातास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरुको साथबाट ७१ हजार ५०२ रूपैंया बरामद भएको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्