संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरे आँगन खनेकोबारे आफूले पनि कहिँ कतैबाट सुनेको भए पनि यो व्यक्तिको निजी मामिला भएकोले प्रशासनले चासो नराखेको बताउँछन्।
"त्यो अन्धविश्वाससँग जोडिएको नितान्त घरको आन्तरिक कुरा हो। कतै भीडभाड नहुने भएकोले त्यसले स्वास्थ्य र सुरक्षामा चुनौती नदेखिएकोले प्रशासकीय हिसाबबाट त्यसलाई वास्ता गरेका छैनौँ।"
षडानन्द नगरपालिका भोजपुरकी उपमेयर मेरिका राई साबुनपानीले हातमुख धुने, भीडभाडमा नजाने, सुरक्षित बस्नु नै अहिलेको विकल्प भएको भन्दै यस्तो अन्धविश्वासविरुद्ध वडाहरूमार्फत् सचेतना अभियान चलाउन नगरपालिकाले काम गर्ने बताउँछिन्।

भिडिओ आफ्नो फेसबुकमा राखेका छन्।

कोभिड-१९ को औषधि पाइने अन्धविश्वासमा भोजपुर र संखुवासभामा आँगन खन्न थालियो (भिडिओसहित): Dekhapadhi
कोभिड-१९ को औषधि पाइने अन्धविश्वासमा भोजपुर र संखुवासभामा आँगन खन्न थालियो (भिडिओसहित)

काठमाडौं। विश्व स्वास्थ्य संगठन एवं स्वास्थ्यका सम्बद्ध निकायहरूले कोरोना भाइरसको संक्रमणबाट जोगिने भरपर्दो उपाय भीडभाडमा नजाने, एक-अर्काबीचको दूरी कायम गर्ने, घरमै सुरक्षित रूपमा बस्ने, स्वास्थ्य तथा सरसफाईका उपायलगायतका सावधानी अपनाउन सुझाइरहेका छन्।

तर, संखुवासभा र भोजपुरका ग्रामीण भेगहरूमा भने कोभिड-१९ को औषधि पाइने अन्धविश्वासमा स्थानीयवासीहरू आँगन खनिरहेका छन्।

संखुवासभाको नुम बजार, वालुङ साथै भोजपुरको उत्तरी साल्पासिलिछो गाउँपालिका र दिङला क्षेत्रमा छिमेकी भेला भएर घरको मूल ढोकाअघि खन्न थालेका हुन्।

दिङ्लाका पत्रकार श्रीकृष्ण बोगटीले कोरोना भाइरसबाट जोगिन भन्दै हल्लैहल्लामा गाउँलेहरू आँगन खनेर झन जोखिम निम्त्याइरहेको बताउँछन्।

"मान्छेहरू बिहानैदेखि खोतल्न थाल्छन्। घर नै लडाउन लागिसके", बोगटीले देखापढीसँग भने, "उज्यालो भुँईमा नखस्तै मुलढोका अघि खनेर लामाले पठाएको कोइला निकाल्नु र परिवारका सबैलाई त्यसको टिका लगाउनु भन्दै खनिरहेका छन्।"

षडानन्द नगरपालिका-६ केउरेनीपानीका सुरेश भण्डारीले एक घरमा आँगन खन्दै गरेको भिडिओ आफ्नो फेसबुकमा राखेका छन्।