लकडाउनमा आठ सय किलोमिटरको यात्रा

भारत। कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै सरकारले देशव्यापी लकडाउन घोषणा गरेपछि १० जना मजदूर हरियाणाको बल्लभगढबाट उत्तरप्रदेशको देवरियास्थित घर पुगे। तीन दिनमा आठ सय किलोमिटरको यो यात्रा उनीहरूले पैदल, ट्रक, पानीको ट्यांकर, अटोरिक्सा र सरकारी बसको मद्दतबाट पूरा गरे।

यात्रामा आएका अनेकन व्यवधान पन्छाउँदै उनीहरू आफ्नो थातथलो पुगेरै छाडे। त्यसक्रममा भोक-प्यास बिर्सिए। बढी समय उनीहरूले पैदल यात्रा नै गर्नुपर्‍यो। यात्राका क्रममा दुःखजिलो गरेर कमाएको एक हजार दुई सय भारतीय रुपैयाँ खर्च गरे, जनही।

देवरियाका यी मजदूरको कथा-व्यथा कोरोना संक्रमणको महामारीबाट देशलाई बचाउन बिनाकुनै ठोस व्यवस्थापनबीच भारत सरकारले गर्नुपरेको लकडाउनमा देशभर समस्यामा परेका लाखौं कामदारको नियति पनि हो।

सरकारको अव्यवस्थित कार्यशैलीका बीच यी मजदूरले घर पुगेरै छाड्न अदम्य साहस देखाए। घर पुगेपछि टेलिफोन सम्पर्कमा आएका उनीहरूले एकै स्वरमा भने, ‘हामी जिउँदै छौं। एउटा भयानक दुःस्वप्नबाट पार पाएका छौं। खुट्टा पैताला सार्नै नसकिनेगरी दुखेका छन्।’

‘हामी जिउँदै छौं। एउटा भयानक दुःस्वप्नबाट पार पाएका छौं। खुट्टा पैताला सार्नै नसकिनेगरी दुखेका छन्।’‘हामी जिउँदै छौं। एउटा भयानक दुःस्वप्नबाट पार पाएका छौं। खुट्टा पैताला सार्नै नसकिनेगरी दुखेका छन्।’

आशुतोष यादव, सन्तोष राजभर, शैलेश राजभर, मनोज राजभर, अर्जुन राजभर, अर्जुन गोंड, जैनुद्दिन अन्सारी, बिट्टु प्रसाद र अन्य दुई जना देवरियाको बघौचघाट कोइरिपट्टीका बासिन्दा हुन्। घरमै होली मनाएर उनीहरू हरियाणाको फरिदावाद जिल्लाको बल्लभगढनजिक सिकडी गाउँमा कन्स्ट्रक्स वर्कसपमा काम गर्न पुगेका थिए। त्यहाँ एउटा घरमा भाडामा बस्थे। र, मिलीजुली खाना बनाएर खान्थे।

कोरोना महामारीबाट बच्न देशव्यापी लकडाउन घोषणा हुनासाथ उनीहरूलाई काम दिने ठेकेदार जनही एक हजार रुपैयाँ दिएर बेपत्ता भए। त्यसपछि उनीहरूसँग गाउँ फर्किनुको विकल्प रहेन।

उनीसँगै थिए, बिहारको मोतीहारी जिल्लाका मजदूर उज्ज्वल दुवे पनि। सबैले एकसाथ घर फर्किने निर्णय लिए।

२६ मार्च अपराह्न चार बजे उनीहरू बल्लभगढबाट लामो पैदल यात्रामा निस्किए। किनकि, लकडाउनका कारण सार्वजनिक÷निजी सबै प्रकारका सवारी साधन ग्यारेजमा थन्किएका थिए। ६ घण्टामा करिब २४ किलोमिटर हिँडेपछि एउटा बस भेटे।

बस चालकले मथुराको तीन किलोमिटर नजिक पुर्‍याएर छाडिदिए। मथुरा नजिकको कोशीकला गाउँस्थित सब्जीमण्डी परिसर त्यो रात गुजारे। कोशीकलामा दिल्ली, हरियाणालगायत प्रान्तस्थित आ-आफ्ना गाउँ हिँडेका धेरै मजदूर एकत्र थिए।

आशुतोषका अनुसार २७ मार्च बिहानसम्म उनीहरूले यातायातका साधनको प्रतीक्षा गरे। झाँसीका मजदूरलाई पुर्‍याउन तीनवटा सरकारी आए र हिँडे पनि। तर, केहीबेरपछि ती सबै मजदूरलाई फिर्ता ल्याए, सरकारी बसले।

झाँसीका मजदूरहरूलाई लागेको थियो, सरकारले आफ्ना लागि निःशुल्क बस चलाइदियो। तर, बस कर्मचारीले उनीहरूसँग भाडा मागे। विवादका बीच बस कर्मचारीले उनीहरूलाई कोशीकलामै ल्याएर छाडिदिए।

बस कर्मचारीले कानपुरसम्म ६ सय रुपैयाँ भाडा मागे। मजबुरीमा परेका मजदूरहरू महँगो भाडा दिन तयार पनि भए। तर, अपराह्न दुई बजेसम्म बस हलचल गरेन। र, अन्तिममा भनियो- बस कानपुर जाँदैन।बस कर्मचारीले कानपुरसम्म ६ सय रुपैयाँ भाडा मागे। मजबुरीमा परेका मजदूरहरू महँगो भाडा दिन तयार पनि भए। तर, अपराह्न दुई बजेसम्म बस हलचल गरेन। र, अन्तिममा भनियो- बस कानपुर जाँदैन।

देवरियाका मजदूर भने बिहान १० बजे कानपुरसम्म पुग्ने बसमा चढे। बसमा कानपुर र आसपासको क्षेत्रका मजदूर पनि थिए। बस कर्मचारीले कानपुरसम्म ६ सय रुपैयाँ भाडा मागे। मजबुरीमा परेका मजदूरहरू महँगो भाडा दिन तयार पनि भए। तर, अपराह्न दुई बजेसम्म बस हलचल गरेन। र, अन्तिममा भनियो- बस कानपुर जाँदैन।

सबै मजदूर बसबाट उत्रिए। उनीहरूलाई सब्जीमण्डीबाट बाहिर निस्किन दिइएन, गेट लगाइयो। केही घण्टापछि आशुतोष र उनका साथीहरू लुकीछिपी मण्डी परिसरबाट निस्किन सफल भए। बाहिर निस्किनासाथ एक अटोरिक्सा भेटे, जसले उनीहरूलाई साँझ झमक्क पर्दै गर्दा मथुरा पुर्‍याइदियो।

मथुरामा एक प्रहरी जवानले उनीहरूप्रति दया देखाए। र, आगरातर्फ जाँदै गरेको ट्रकमा चढाइदिए। राति साढे १० बजे उनीहरू आगरा पुगे। र, पानीको ट्यांकरमा चढ्न पाए। ट्यांकले २८ मार्च बिहान साढे तीन बजे कानपुर पुर्‍याइदियो।

कानपुर पनि ठप्प थियो। उनीहरूका सामुन्ने पैदल यात्राको विकल्प थिएन। बिहान साढे १० बजेभित्र उनीहरूले ३५ किलोमिटरको पैदल यात्रा पूरा गरे।

केहीबेर आराम गरेर फेरि १५ किलोमिटर हिँडेपछि उनीहरूले एउटा ट्रक भेटे, जसले उत्तरप्रदेशको राजधानी लखनऊस्थित बासपास सडकमा पुर्‍याएर छाडिदियो।

त्यहाँबाट पैदल मध्याह्न १२ बजे चारबाग बस स्टेसन पुगे, जहाँ सरकारी कर्मचारीले उनीहरूको स्क्रिनिङ गरे। पहिलोपटक त्यहाँ उनीहरूले सरकारी प्रबन्धनको पहिलो दर्शन पाए। सरकारी कर्मचारीले भोजनका लागि एक प्याकेट हातमा थमाए।

र, सरकारी कर्मचारीले नै गोरखपुर जाने बसमा चढाइदिए। राति १० बजे उनीहरू गोरखपुर पुगे। तर, बस कर्मचारीले मजदूरहरूसँग बिनाटिकट तीन सय ७० रुपैयाँ भाडा उठाए।

उनीहरूको साथमा रहेको मोबाइलको चार्ज कोशीकलामा छँदै सकिइसकेको थियो। त्यसयता परिवारसँग सम्पर्कसम्म गर्न पाएनन्। उनीहरू घर पुगेपछि मात्र परिवारको शरीरमा ज्यान फर्कियो।उनीहरूको साथमा रहेको मोबाइलको चार्ज कोशीकलामा छँदै सकिइसकेको थियो। त्यसयता परिवारसँग सम्पर्कसम्म गर्न पाएनन्। उनीहरू घर पुगेपछि मात्र परिवारको शरीरमा ज्यान फर्कियो।

गोरखपुरमा एकपटक फेरि उनीहरूको स्क्रिनिङ गरियो। एक घण्टापछि उनीहरूले देवरिया पुग्ने बस भेटे। त्यहींबाट बिहारका उज्ज्वल दुवे छुट्टिए।

देवरिया जाँदे गरेको बस चौरीचौरा नामक स्थानमा पुगेर रोकियो। धेरैबेर रोकिएपछि चालकले फेरि पछाडि फर्काए। र, बस रोके। उनीहरूलाई त्यसको कारण पनि बताइएन।

धेरैबेर रोकिएपछि बल्ल बस चल्यो र मजदूरले शरीरमा प्राण फर्किएको अनुभूति गरे। राति अढाइ बजे बस देवरिया पुग्यो। त्यहाँबाट आफ्नो गाउँसम्म जान फेरि कुनै सवारी साधन उपलब्ध थिएनन्। त्यसैबीच बस अड्डामा एक सैनिक जवान भेटिए।

सैनिक जवानलाई आफ्ना कथा-व्यथा बताएपछि उनले गाउँसम्म पुग्न अटोरिक्सा खोजिदिए। पत्थरदेवा भन्ने स्थानसम्म पुर्‍याएर अटोरिक्साले छाडिदियो। फेरि करिब आठ किलोमिटरको पैदल यात्रा गर्दै सबै २९ मार्च बिहान सात बजे घर पुगे।उनीहरूको साथमा रहेको मोबाइलको चार्ज कोशीकलामा छँदै सकिइसकेको थियो। त्यसयता परिवारसँग सम्पर्कसम्म गर्न पाएनन्। उनीहरू घर पुगेपछि मात्र परिवारको शरीरमा ज्यान फर्कियो। दी वायरबाट

प्रतिक्रिया दिनुहोस्