सूदूरपश्‍चिममा कोभिड-१९ परीक्षणको दायरा बढाउन कांग्रेस नेता लेखकको माग <p>काठमाडौं। नेपाली कांग्रेसका नेता रमेश लेखकले सुदूरपश्चिम प्रदेशमा कोभिड-१९ को उच्च जोखिममा रहेको भन्दै परीक्षण बढाउन सरकारसँग माग गरेका छन्।</p> <p>नेता लेखकले सुदूरपश्चिममा भारतबाट हजारौं नागरिक घर फर्किरहेको र परीक्षणको दायरा कम भएको भन्दै परीक्षण बढाउन ट्वीटमार्फत् प्रधानमन्त्री कार्यालय, हेलो सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका हुन्।</p> <p>नौ जिल्लाका ८८ वटा स्थानीय तहमा ५०० जति स्वास्थ्य संस्थामा हिजो पठाएको थर्मोमिटर पर्याप्त नभएको भन्दै नेता लेखकले टिप्पणी गरेका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्