नेपाल भ्रमण वर्ष २०२० स्थगित, सचिवालय पनि विघटन

काठमाडाैं। सरकारले नेपाल भ्रमण वर्ष २०२० को कार्यक्रम स्थगित गरेको छ।

९ चैतमा बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल भ्रमण वर्ष स्थगित गरेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले बताए।

विश्वभर कोरोना भाइरस संक्रमणको कारणले महामारी फैलिएपछि नेपाल सरकारले पर्यटन वर्षको कार्यक्रम स्थगित गरेको हो। सन् २०२० मा नेपालमा २० लाख पर्यटक ल्याउने योजना सहित नेपाल भ्रमण वर्षको कार्यक्रम शुरु गरेको थियो।

मन्त्रीपरिषद्को बैठकले आगामी १ बैशाखबाट लागू हुनेगरी नेपाल भ्रमण वर्ष २०२० को सचिवालय पनि विगटन गरेको छ।

व्यवसायी सुरज बैंद्यको संयोजकत्वमा नेपाल भ्रमण वर्ष २०२० काे सचिवालय गठन गरिएको थियो।

नेपाल भ्रमण वर्ष २०२० सचिवालयकाे कार्यलय केशरमहलमा स्थापना गरिएकाे थियाे। भ्रमण वर्षका संयाेजक रहेका वैद्यले तलब सुविधा नलिने गरी स्वयंसेवी रूपमा नेपाल भ्रमण वर्ष २०२० काे सचिवालयकाे नेतृत्व गरेका थिए।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री याेगेश भट्टराईले सचिवालयलाई आन्तरिक पर्यटन प्रवर्द्धनमा केन्द्रित गरेर २०२० र २०३० लाई जाेडेर पर्यटन दशक मनाउने बताउँदै आएका थिए।

पढ्नुहाेस्

कोरोना महामारीबाट जोगिन भ्रमण वर्ष स्थगन गर

‘पर्यटन क्षेत्र आत्तिइहाल्नुपर्ने अवस्था छैन’

प्रतिक्रिया दिनुहोस्