बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले कोभिड-१९ रोकथामबारे सम्बोधन गर्दै
<p style="text-align:justify"> हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसका कारण सिर्जित समस्या, नियन्त्रण र उपचारका सम्बन्धमा सम्बोधन गर्ने भएका छन्। </p>
<p style="text-align:justify">उनले प्रदेश सरकारबाट भइरहेको गतिविधि तथा लकडाउनका समयमा नागरिकले गर्नुपर्ने भूमिकाका विषयमा आज प्रदेशका नाममा सम्बोधन गर्न लागेका हुन्।</p>
<p style="text-align:justify">नेपाल टेलिभिजनलगायत १० वटा टेलिभिजन च्यानलमार्फत् साँझ ५ बजे उनले सम्बोधन गर्ने मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव अनुप पौडेलले बताए।<em> रासस </em><br />
</p>