उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई सुविधासम्पन्न होटलमा राखिने
<p>काठमाडाैं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको महामारी फैलिएमा त्यसको उपचार र नियन्त्रणमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई सुविधासम्पन्न अस्पताल वा होटलमा राख्ने तयारी गरेको छ।</p>
<p>स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका स्वास्थ्य विज्ञ डा. खेम कार्कीले कोरोना भाइरसको महामारी फैलिएको अवस्थामा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई उपचार गर्ने अस्पतालको नजिक रहेका अस्पताल वा सुविधा सम्पन्न होटलमा बस्ने र खाने व्यवस्था तयारी गरिएको जानकारी दिए।</p>
<p>“उपचारमा संलग्न चिकित्सकका आफन्तमा पनि सम्भावित संक्रमण फैलिन नपाओस् भनेर हामीले उहाँहरूलाई अस्पतालनजिकको होटल वा अन्य अस्पतालमा राख्ने तयारी गरिरहेका छौँ”, उनले भने, “भोलि यदि महामारी भयो भने कुन-कुन अस्पतालमा राख्ने भन्ने नक्सांकन (म्यापिङ) गरिरहेका छौँ।”</p>
<p>सरकारले यसअघि उपचारमा संलग्न चिकित्सकको मनोबल बढाउन निःशुल्क बिमा, थप सुविधालगायतका निर्णय गरिसकेको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्