काठमाडाैं। अतिविपन्न, असहाय र ज्याला मजदुरी गरेर खानेहरूलाई काठमाडौं महानगरपालिकाले भोलि, १९ चैतदेखि राहतस्वरूप खानाको जोहो गरिदिने भएको छ। 'लकडाउन'को अवस्थामा अभावका कारण खानपिनमै समस्या भएकाहरूलाई महानगरपालिकाले बिहान-साँझको छाक टार्ने प्रबन्ध गर्न लागेको हो।
महानगरपालिकाले राहत वितरणको मापदण्ड तयार पारिसकेको छ। जसअनुसार दुईजनासम्मको, चारजनासम्मको र पाँच वा सोभन्दा बढीको गरेर छुट्टाछुट्टै राहत प्याकेज बनाइएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए।
“लकडाउनका कारण अति विपन्न, असहाय तथा दैनिक मजदुरी गरेर खानेहरूका लागि यो राहत दिने हो। यो भूकम्पको बेला जस्तो राहत प्याकेज होइन। खानै समस्या हुने वर्गका लागि मात्र लक्षित राहत कार्यक्रम हो”, प्रवक्ता डंगोलले भने।
के-के छ त राहतमा ?
दुईजनासम्मको परिवारलाई एक हप्ताका लागि चार किलो चामल, एक किलो दाल, आधा लिटर तेल, एक किलो नुन, एक किलो आलु-प्याज र आधा किलो चिउरा राहतमा दिइनेछ।
तीनदेखि चारजनासम्मको परिवारले चामल १२ किलो, दाल दुई किलो , आधा लिटर तेल, नुन एक किलो, आलु-प्याज तीन किलो र चिउरा दुई किलो पाउनेछन्।
परिवारमा पाँचजनाभन्दा बढी हुनेले चामल १६ किलो, दाल तीन किलो, तेल एक लिटर , नुन एक किलो, आलु-प्याज तरकारी चार किलो र चिउरा तीन किलो प्राप्त गर्नेछन्।
राहत पाउनका लागि समुदाय, कुनै संघसंस्था वा घरभेटीले कसैलाई असहाय, विपन्न वा मजदुरी गरेर खाने गरेको भन्ने सिफारिस गर्नुपर्नेछ।
" /> काठमाडाैं। अतिविपन्न, असहाय र ज्याला मजदुरी गरेर खानेहरूलाई काठमाडौं महानगरपालिकाले भोलि, १९ चैतदेखि राहतस्वरूप खानाको जोहो गरिदिने भएको छ। 'लकडाउन'को अवस्थामा अभावका कारण खानपिनमै समस्या भएकाहरूलाई महानगरपालिकाले बिहान-साँझको छाक टार्ने प्रबन्ध गर्न लागेको हो।महानगरपालिकाले राहत वितरणको मापदण्ड तयार पारिसकेको छ। जसअनुसार दुईजनासम्मको, चारजनासम्मको र पाँच वा सोभन्दा बढीको गरेर छुट्टाछुट्टै राहत प्याकेज बनाइएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए।

">