काठमाडौं। सनराइज बैंकले नेपाली सेनाको अस्पतालका लागि व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) हस्तान्तरण गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले आज भद्रकालिस्थित नेपाली सेनाको कार्यालयमा सैनिक कल्याणकारी कोषका प्रमुख सागरबहादुर केसी र सैनिक अस्पतालका डाक्टर नरेन्द्रबहादुर केसीलाई पीपीई हस्तान्तरण गरे।
बैंकले ७० थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सहयोगस्वरूप उपलब्ध गराएको हो। त्यसमा ५० थान एकपटक मात्रै प्रयोग गर्न मिल्ने र २० थान पुनः प्रयोग गर्न सकिने प्रकारका छन्।
त्यसैगरी, पञ्जा, मास्कलगायतका सामग्री पनि बैंकले उपलब्ध गराएको छ।
सैनिक अस्पतालका डाक्टर नरेन्द्रबहादुर केसीले बैंकले उपलब्ध गराएको व्यक्तिगत सुरक्षा सामग्रीलगायतले बिरामीको स्वास्थ्य उपचारमा ठूलो मद्दत पुग्ने बताए।
बैंकले यसअघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, नेपाल प्रहरीको अस्पतालका साथै सबै प्रादेशिक अस्पतालहरूमा पीपीई, मास्क लगायतका सामान सहयोगस्वरूप उपलब्ध गराइसकेको छ।
" /> काठमाडौं। सनराइज बैंकले नेपाली सेनाको अस्पतालका लागि व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) हस्तान्तरण गरेको छ।बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले आज भद्रकालिस्थित नेपाली सेनाको कार्यालयमा सैनिक कल्याणकारी कोषका प्रमुख सागरबहादुर केसी र सैनिक अस्पतालका डाक्टर नरेन्द्रबहादुर केसीलाई पीपीई हस्तान्तरण गरे।

">