विपन्‍नलाई खाद्यान्‍नकाे जाेहाे गर्दै धनगढी उपमहानगरपालिका
कैलाली। लकडाउनका कारण छाक टार्न समस्या भएका व्यक्ति तथा परिवारलाई धनगढी उपमहानगरपालिकाले खाद्यान्न सामग्री उपलब्ध गराउने भएको छ।
अतिविपन्न, असहाय र ज्याला मजदुरी गरेर खानेहरूलाई भाेलि, १९ चैतदेखि धनगढी उपमहानगरपालिकाले राहतस्वरूप खानाको जोहो गरिन लागेको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए।
उनले लकडाउनको अवस्थामा खानपिनमै समस्या भएकाहरूलाई साँझबिहानको छाक टार्ने प्रबन्ध गर्ने बताए।
उनले अहिले प्रत्येक विपन्न परिवारलाई १० किलाे चामल, दुई किलाे दाल, आधा लिटर खाने तेल, एक किलाे नुन, एक प्याकेट चिउरा, आलु दुई किलाे र एक किलाे प्याज उपलब्ध गराउने बताए ।
उनले लकडाउनका कारण छाक टार्न समस्या भएका व्यक्ति तथा परिवारलाई खाद्यान्न सामग्री उपलब्ध गराउने भएकाले यथाशीघ्र त्यस्ता परिवारको संख्या उपमहानगरपालिकाको विपद् व्यवस्थापन शाखालाई उपलब्ध गराउन आग्रहसमेत गरेका छन्।
साथै खाद्यान्न सामग्री वितरणका लागि वडाध्यक्षको संयोजकत्वमा सर्वदलीय/सर्वपक्षीय समितिसमेत आजै गठन गरिने प्रमुख वडकाे भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्