सिन्धुपाल्चाेक। कोरोना भाइरस (कोभिड-१९) रोकथाम र नियन्त्रणका लागि सरकारले देशभर लकडाउन गरेपछि विभिन्न जिल्लाबाट सिन्धुपाल्चोकमा मजदुरीका लागि आएका श्रमिकहरूलाई सुरक्षितरूपमा घर फिर्ता गरिने भएको छ।
अन्य जिल्लाबाट सिन्धुपाल्चोकमा मजदुरी गर्न आएका र जिल्लाबाट अन्यत्र गएका श्रमिकहरूलाई स्थानीय सरकारको समन्वयमा पास उपलब्ध गराएर घर फिर्ता गर्ने निर्णय भएको छ। जिल्लामा गठित कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि जिल्लामा गठित कमाण्ड फोर्सले यस्तो निर्णय गरेको फोर्सका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।
अन्य जिल्लाबाट आएका मजदुरहरूलाई स्थानीय तहले १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने र अन्य जिल्लामा जाने मजदुरहरूका लागि स्थानीय तहले तथ्याङ्क सङ्कलनपछि स्थानीय तहको सिफारिस र प्रहरी प्रतिवेदनका आधारमा सम्बन्धित जिल्लामा फर्काइने प्रजिअ ढकालले जानकारी दिए।
लकडाउनपछि खाद्यान्न, ग्यासलगायत अतिआवश्यक सामग्रीको ढुवानी र वितरणका लागि उद्योग वाणिज्य संघसँग सहकार्य गरेर वितरण गर्ने र त्यसको अनुगमनका लागि समितिसमेत गठन गरिएको छ। सबै स्थानीय तहमा स्थापना गरिने क्वारेन्टाइनको अनुगमन र दैनिक प्रतिवेदनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको हो। रासस
" /> सिन्धुपाल्चाेक। कोरोना भाइरस (कोभिड-१९) रोकथाम र नियन्त्रणका लागि सरकारले देशभर लकडाउन गरेपछि विभिन्न जिल्लाबाट सिन्धुपाल्चोकमा मजदुरीका लागि आएका श्रमिकहरूलाई सुरक्षितरूपमा घर फिर्ता गरिने भएको छ।अन्य जिल्लाबाट सिन्धुपाल्चोकमा मजदुरी गर्न आएका र जिल्लाबाट अन्यत्र गएका श्रमिकहरूलाई स्थानीय सरकारको समन्वयमा पास उपलब्ध गराएर घर फिर्ता गर्ने निर्णय भएको छ। जिल्लामा गठित कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि जिल्लामा गठित कमाण्ड फोर्सले यस्तो निर्णय गरेको फोर्सका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।

">