धनगढीका कोभिड-१९ संक्रमितको स्वास्थ्य सामान्य, परिवारलाई क्वारेन्टाइनबाट घर पठाइयो
कैलाली। सेती प्रादेशिक अस्पतालमा उपचाररत कोभिड-१९ पोजिटिभ बिरामीको अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ।
अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले बिरामीको आज स्वास्थ्य जाँच गरिएको बताउँदै उनलाई सामान्य पखालाको मात्र समस्या देखिएको र अन्य अवस्था सामान्य नै रहेको बताए।
११ चैतमा अस्पताल पुग्दा जुन अवस्थामा थियो अहिले पनि सोही अवस्थामा रहेको डा. जोशीले बताए।
ती युवक युएईको दुबईबाट भारतको राजधानी दिल्ली हुँदै ७ चैतमा काठमाडौं पुगेका थिए। ८ चैतमा बुद्ध एअरको विमानमार्फत् काठमाडौंबाट नेपालगञ्ज पुगेका उनी त्यहाँबाट सार्वजनिक बस चढेर धनगढी पुगेका थिए।
८ चैतमा धनगढी पुगेका उनी ११ चैतमा सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए। उनमा १४ चैतमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो।
कोरोना भाइरस संक्रमित ती युवाका परिवारलाई भने क्वारेन्टाइनबाट घर पठाइएको छ।
उनले परिवारका कुनै पनि सदस्यमा कोरोना भाइरसको लक्षण नदेखिएपछि चिकित्सकको सल्लाहमा घरमै सेल्फ क्वारेन्टाइनमा बस्नेगरी पठाइएको बताए।
सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा २३ जना बिरामी भर्ना भएकोमा १९ जना निको भएर घर फर्किसकेका छन्।
३ जना स्वास्थ्यकर्मीसहित २६ जनाको थ्रोट स्वाब संकलन गरिएकोमा एक जनामा मात्रै कोरोना भाइरस संक्रमण देखिएको बताउँदै ६ जनाको रिपोर्ट आउन बाँकी रहेको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेयले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्