काठमाडौं। कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीहरूलाई बाजेको सेकुवा प्रालिले निःशुल्क खाना खुवाउन थालेको छ।
बाजेको सेकुवाले बत्तीसपुतलीमा रहेको शाखाबाट खानाको व्यवस्था गरेको हो।
“बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खाना खुवाउने व्यवस्था मिलाएका छौं”, बाजेको सेकुवाका सञ्चालन विभाग प्रमुख सञ्जीवकुमार तिमल्सिनाले देखापढीसँग भने, “अर्डरअनुसारको खाना हामी तयार गरिदिन्छौं। उहाँहरू आएर लैजानुहुन्छ।”
अहिले पाटन अस्पतालमा आइसोलेसन वार्डमा खटिएका स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकहरूले बाजेको सेकुवामा खाना अर्डर गरेर खाइरहेको तिमल्सिनाले बताए।
“खाना खान चाहनेले अर्डर गरेपछि, हामीले उहाँहरूलाई यो समयमा तयार हुन्छ भनिदिन्छौं। त्यही समयमा उहाँहरू लिन आउनुहुन्छ। खाना पुर्याउन जान पास छैन। त्यसैले खाना खान चाहनेले यहीँ लिन आउनुपर्छ”, उनले भने।
बाजेको सेकुवाले १६ चैतबाट निःशुल्क खाना खुवाउन थालेको हो। अहिले दैनिक करीब ५० वटा जति खाना अर्डर आउन थालेको उनले बताए।
कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत संकटको बेलामा खाना खुवाउने कार्यक्रम ल्याएको उनले बताए। “सजिलो हुँदा मात्रै खाना खुवाउने होइन। दुःख पर्दा पनि सेवा दिनुपर्छ भनेर खाना खुवाउन थालेका हौं”, तिमल्सिनाले भने।
हाइजेनिकरूपमा सुरक्षित तरिकाले खाना तयार गर्ने गरिएको उनकाे भनाइ छ।
" /> काठमाडौं। कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीहरूलाई बाजेको सेकुवा प्रालिले निःशुल्क खाना खुवाउन थालेको छ।

">