काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले सरकारले बनाएको कोभिड-१९ रोकथाम कोषमा दुई करोड रूपैयाँ सहयोग गरेका छन्।
उक्त रकम हिमानी ट्रष्टमार्फत् सरकारले बनाएको कोषमा दाखिला गरिनेछ।
‘विश्वमा अहिले देखा परेको कोरोना भाइरसको महामारीले सिंगो मानव सभ्यता र विकासलाई नै गम्भीर चुनौती दिएको हामीले ठानेका छौँ’, शाहले भनेका छन्, “देश र जनतामा यस महामारीले भय र सन्त्रास पैदा गराएको छ। मानव अस्तित्व रक्षाका निम्ति भइरहेको पहलप्रति सम्वेदनशील हुँदै हामी सबैले आ-आफ्नो ठाँउ र क्षमताबाट केही न केही योगदान पुर्याउनु अनिवार्य भइसकेको छ।’
कोरोना भाइरस रोकथामका लागि ‘लकडाउन’ नै बाध्यात्मक अनिवार्यता भएको भन्दै उनले यसको पालनामा गैह्रजिम्मेवार हुने छुट कसैलाई पनि छैन भन्ने बुझ्नु जरूरी रहेको उल्लेख गरेका छन्।
‘महामारीको यो संकटमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र सेवामा खट्नुहुने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर योगदान पुर्याउने सञ्चारकर्मी एवं पत्रकारहरूप्रति हामी आभारी छौँ’, पूर्वराजा शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
कोरोना भाइरसबिरुद्ध लड्न जनताले देखाएको अनुशासन तथा धैर्यताको शाहले प्रशंसा गरेका छन्। राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउने कामलाइ अझै प्रभावकारी बनाउन उनको माग छ।
" /> काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले सरकारले बनाएको कोभिड-१९ रोकथाम कोषमा दुई करोड रूपैयाँ सहयोग गरेका छन्।उक्त रकम हिमानी ट्रष्टमार्फत् सरकारले बनाएको कोषमा दाखिला गरिनेछ।

">