काठमाडौं। आन्तरिक वायु सेवा कम्पनीको उडान पनि ३ वैशाखसम्मको लागि स्थगित गरिएको छ।
नागरिक उड्ड्यन प्राधिकरणले आज सूचना प्रकाशन गरेर १५ अप्रिल (३ वैशाख)को मध्यरातिसम्म आन्तरिक वायु सेवाको उडान स्थगित गरिएको बताएको हो।
मन्त्रिपरिषद्को १६ चैतको बैठकले नेपाल आउने सबै अन्तर्राष्ट्रिय उडान ३ वैशाखसम्म स्थगित गरेको थियो।
नेपाल सरकारले लकडाउन गरेको कारण आन्तरिक वायु सेवाको उडान स्थगित गरिएको प्राधिकरणले बताएको छ।
यद्यपि, मन्त्रिपरिषदले भने २५ चैतसम्म्मको लागि लकडाउन लम्ब्याएको छ। त्यसपछि लकडाउन खुले पनि आन्तरिक वायु सेवा कम्पनीहरूले उडान भर्न पाउँदैनन्।
तर, आकस्मिक अवस्थामा चार्टर्ड फ्लाइट, एअर एम्बुलेन्स र मेडिकल सामग्री ढुवानीका लागि भने प्राधिकरणबाट अनुमति दिएर वायुसेवा कम्पनीले सेवा दिन सक्नेछन्।
यसअघि सरकारले आजसम्मको लागि वायुसेवा कम्पनीहरूको उडान स्थगित गरेको थियो।
मन्त्रिपरिषदको सबै निर्णयहरू सार्वजनिक नभएको हुँदा वायुसेवा कम्पनीहरू भोलिबाट आन्तरिक उडान के हुने भन्ने अन्यौलमा थिए।
" /> काठमाडौं। आन्तरिक वायु सेवा कम्पनीको उडान पनि ३ वैशाखसम्मको लागि स्थगित गरिएको छ।नागरिक उड्ड्यन प्राधिकरणले आज सूचना प्रकाशन गरेर १५ अप्रिल (३ वैशाख)को मध्यरातिसम्म आन्तरिक वायु सेवाको उडान स्थगित गरिएको बताएको हो।

">