काठमाडौं। कोभिड–१९ को जोखिम न्यूनिकरणका लागि सरकारले एक साताअघि गरेको लकडाउन २५ चैतसम्मका लागि लम्ब्याएको छ।
अहिलेसम्म करीब एक हजार जनामा गरिएको परीक्षणबाट पाँच जनामा कोरोना भाइरस संक्रमण पोजिटिभ देखिएको छ, जसमध्ये एकजना निको भइसकेका छन्। अन्य चारको अवस्था पनि सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
लकडाउनका कारण अहिले सबैजना घरमै छन्। घरमै भएपनि अत्यावश्यक कामले बाहिर निस्कनु परिरहेको छ। कतिपय भने महामारीको जोखिमलाई नजरअन्दाज गरेर पनि लकडाउन तोड्ने काम गरिरहेका छन्।
विश्वव्यापी महामारी बनेको कोभिड–१९ को महामारीका बेला के कस्ता सावधानी अपनाउनुपर्छ ? हामीले यहाँ जनस्वास्थ्यविज्ञ डा.रवीन्द्र पाण्डेका केही सुझाव समेटेका छौं। ती सुझाव यसप्रकार छन्ः
-घरभित्र बसौं, अत्यावश्यक काम परेपनि घरभित्रबाटै व्यवस्थापन गरौँ। जे उपलब्ध छ, त्यहि खाने गरौँ।
-इम्युनिटी पावर बढाऔं, घरभित्रै व्यायाम, योग तथा ध्यान गरौं।
-सहज उपलब्ध हुन्छ भने भिटामिन सी, बी–१२, बी–६, जिंक, भिटामिन–डी को सेवन गरौँ। यी तत्वहरू हाम्रो खानाबाट पनि पाइन्छ।
-घाममा बसौं, सकेसम्म प्राकृतिक आहार, बिहार र आचार पालना गरौँ। मन रमाइलो राखौं, चिन्ता तथा तनावलाई व्यवस्थाप गरौं, पाहुना संस्कृति स्थगित गरौँ।
-थोरै र आधिकारिक समाचार मात्र फलो गरौँ।
-कोरोना भाइरसको संक्रमणबिरुद्ध काम गरिरहेका सबैलाई उत्साहित गरौँ।
-कोरोना भाइरसको फैलावट तीब्र छ, तर यसको मृत्युदर निकै कम छ। कोरोना संक्रमणबाट मर्ने भन्दा निको हुनेको संख्या ठूलो छ। मान्छेको मृत्यु भएको छ, तर बाँच्नेको तथ्यांक पनि हेरौँ, जानौँ।
-संसारमा जहाँ बसेपनि हामी नेपाली दिनभर हिँड्न सक्छौँ, उकालो चढ्न सक्छौँ, रुख चढ्न सक्छौँ, भोकप्यास सहन सक्छौँ, बिरामी हुँदा पनि काम गर्न सक्छौँ, हाम्रो आहार पनि अरुको भन्दा फरक छ, हामी दुःखमा पनि हाँस्न सक्छौँ ....। यी तथ्यका आधारमा मनोबल उच्च राखौँ। हामी अदुवा, बेसार, कागती पानी, ज्वानो खाएको भरमा इन्फ्लुएन्जालाई हराउन सक्छौँ।
-कोरोना संक्रमण अहिले चुलीमा छ, त्यहाँ पुगेपछि ओर्लिनु प्राकृतिक नियम हो। अब यो ओर्लिदै जान्छ, हाम्रो कठिन समय अब एक महीना बाँकी छ, त्यसपछि यसको संक्रमण नियन्त्रणमा आउँछ भनेर धैर्य गरौं।
-सामान्यतया भाइरसका ३ वटा सिजन हुन्छन्, गर्मी शुरू हुने बेला, जाडो शुरू हुने बेला तथा बर्खा याममा। बर्खायामसम्ममा कोरोना संक्रमण नियन्त्रणमा आउँनसक्छ, त्यो भन्दा पहिले गर्मीमा यसको प्रसार कम हुनेछ। यी मौसममा आउने नयाँ भाइरसले कोरोना भाइरसलाई अट्याक गर्छन्।
-लामो समय भाइरस रहँदा हाम्रो शरीरले त्योसँग लड्ने एन्टीबडी तयार गर्छ, त्यसपछि कोरोना संक्रमणलाई हाम्रो शरीरले परास्त गर्छ। पहिले महामारी भएका रोग अहिले हराउनुको प्रमुख कारण यही हो। हाम्रो शरीरले आफूलाई बचाउने प्रणाली विकास गरेको हुन्छ, त्यसैले आफूभित्र रहेको त्यो शक्तिलाई विश्वास गरौँ।
-केही समयपछि कोरोना भाइरसको संक्रमण सामान्य रुघाखोकीजस्तो हुनेछ, यो महामारी इतिहास हुनेछ।
-एक महीना आफूलाई रक्षा गरौँ, त्यसपछि हाम्रो शरीरले हामीलाई रक्षा गर्छ।। आफूलाई रक्षा गर्ने ठूलो अस्त्र आत्मबल हो, आत्मबलले क्यान्सरजस्ता असाध्य रोग निको गर्छ भने कोरोना त भेल मात्र हो। भेल उर्लेर आउँछ, सुकेर जान्छ।
" /> काठमाडौं। कोभिड–१९ को जोखिम न्यूनिकरणका लागि सरकारले एक साताअघि गरेको लकडाउन २५ चैतसम्मका लागि लम्ब्याएको छ।अहिलेसम्म करीब एक हजार जनामा गरिएको परीक्षणबाट पाँच जनामा कोरोना भाइरस संक्रमण पोजिटिभ देखिएको छ, जसमध्ये एकजना निको भइसकेका छन्। अन्य चारको अवस्था पनि सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

">