कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ
<p>कैलाली। सेती प्रादेशीक अस्पतालका तीन जना स्वास्थ्यकर्मीको कोरोना भाइरसकाे रिपोर्ट नेगेटिभ आएकाे छ।</p>
<p>कोरोना भाइरस संक्रमण आशंकित बिरामीको स्वाब संकलन गर्ने र उपचारमा संलग्न ती स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ आएको हो। </p>
<p>आज तीनै जनाकाे काेरोना भाइरस संक्रमण रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशीक अस्पतालका डाक्टर जगदिश जोशीले बताए। </p>
<p>सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस संक्रमित एक जनाको उपचार भइरहेको छ। </p>
प्रतिक्रिया दिनुहोस्