काठमाडौं। नेपाल एअरलाइन्सले चार्टर्ड जहाज अस्ट्रेलिया पठाउन लागेको छ।
नेपालस्थित अस्ट्रेलियन दूतावासले नेपालमा रहेका आफ्ना नागरिकहरू लैजानको लागि जहाज चार्टर्ड गरेको हो।
नेपाल एअरलाइन्सको वाइडबडी एएलजेड जहाज अस्ट्रेलिया जाने भएको छ। उक्त जहाजमा २६४ जनाभन्दा बढी यात्रु रहेको नेपाल वायुसेवा निगममा अपरेसन म्यानेजर दीपु जुहार्चनले देखापढीलाई बताए।
नेपाल एअरलाइन्सको उक्त जहाज मलेसियाको क्वालम्पुर हुँदै अस्ट्रेलियाको ब्रीसबेन पुग्नेछ। नेपालबाट सिधै अस्ट्रेलियाको फ्लाइटमा लामो दूरी भएको र यात्रु पनि भरिभराउ भएका कारण क्वालालम्पुरमा ‘रेष्ट गरेर’ अस्ट्रेलियाको लागि उड्ने छ।
“नेपालबाट सिधै अस्ट्रेलिया पुग्दा निकै लामो दूरी हुन्छ। फ्युलको लागि पनि क्वालालम्पुरमा ल्याण्डिङ गर्ने व्यवस्था मिलाएका छौं”, जुहार्चनले भने। क्वालम्पुर एअरपोर्टमा करीब एक घण्टा रहेर उक्त विमान अस्ट्रेलियाको लागि उड्ने उनले जानकारी दिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वालालम्पुर पुग्न चार घण्टा चालिस मिनेटको उडान समय लाग्छ। त्यहाँबाट अस्ट्रेलियाको ब्रीसबेन पुग्न आठ घन्टाको निरन्तर उडान चाहिन्छ।
त्यसैगरी, नेपाल एअरलाइन्सको अर्को जहाज २० चैतमा चीनको गोन्जओमा चार्टर्ड उडानमा जाने भएको छ। नेपालका व्यवसायीहरूले खरिद गरेर राखेको सामग्री लिनको लागि नेपाल एअरलाइन्सले कार्गो उडानमा जहाज पठाउन लागेको हो।
निजी क्षेत्रको कुरिअर कम्पनी फ्ल्यास फ्रेट लजिस्टिकले जहाज चार्टर्ड गरेको हो। चीनको गोन्जाओमा चार्टर्ड जहाज पठाउनको लागि ८० प्रतिशत तयारी पूरा भएको जुहार्चनले जानकारी दिए। चीनको गान्जाओमा नेपाल एअरलाइन्सले वाइडबडी एएलवाई जहाज जाने भएको छ।
त्यसैगरी, नेपाल एअरलाइन्सको वाइडबडी जहाज श्रीलङ्काको लागि पनि चार्टर्ड उडान प्रस्ताव आएको वायुसेवा निगमका अधिकारीहरूले बताएका छन्। २६ चैतमा श्रीलङ्काको लागि छलफल भए पनि अहिले टुङ्गो लागिनसकेको जुहार्चनले जानकारी दिए। उनले भने, “अस्ट्रेलिया र चीनको चार्टर्ड उडान सकेपछि श्रीलङ्काको प्रस्तावमा छलफल गर्छौँ।”
सरकारले कोभिड-१९ को संक्रमण रोक्नको लागि नेपाल आउने सबै अन्तर्राष्ट्रिय उडान रोक लगाएपछि नेपाल वायु सेवा निगमको जहाज चार्टर्ड उडानमा व्यस्त हुन थालेको छ। गत १५ चैतमा सरकारले निगमको जहाज चीनको गोन्जाओ पठाएर स्वास्थ्य सामग्री ल्याएको थियो।
नेपाल एअरलाइन्सले चार्टर्ड उडानको लागि प्रतिउडान घण्टा १८ हजार अमेरिकी डलर बराबरको मूल्य तोकेको छ।
" /> काठमाडौं। नेपाल एअरलाइन्सले चार्टर्ड जहाज अस्ट्रेलिया पठाउन लागेको छ।नेपालस्थित अस्ट्रेलियन दूतावासले नेपालमा रहेका आफ्ना नागरिकहरू लैजानको लागि जहाज चार्टर्ड गरेको हो।

">