पोखरा। कोरोना भाइरस संक्रमण जोखिम न्यूनिकरणका लागि कास्कीको रूपा गाउँपालिकाले विशेष कदम चालेको छ।
गाउँ कार्यपालिकाको आज बसेको विशेष बैठकले गाउँपालिकाभित्र संक्रमण भित्रन नदिन गाउँपालिकालाई पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो।
बैठकले भोलि १९ चैत साँझबाट गाउँपालिका आउने र जाने क्रमलाई पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए।
त्यसलाई प्रभावकारी बनाउन आठ वटा नाकामा प्रहरीसहितको कोरोनाविरुद्ध परिचालित स्वयंसेवकलाई खटाएर पूर्ण कार्यान्वयन गरिने उनको भनाइ छ।
ओझाले गाउँपालिकावासीका लागि आवश्यक औषधि र अन्य उपभोग्य सामग्री सकिएमा गाउँपालिका वा जनप्रतिनिधिलाई खबर गरे त्यसको व्यवस्था गाउँपालिकाले नै गर्ने बताए।
रूपा गाउँपालिका बाहिरबाट आएको खण्डमा स्वास्थ्यकर्मीको निगरानी र निर्देशनमा अनिवार्य १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने र थप अवस्था देखिएमा गाउँपालिकाको निर्देशन अनुसार बस्नुपर्ने निर्णय बैठकले गरेको छ।
त्यसैगरी, गाउँपालिकाभित्र दुई वा सोभन्दा बढीको समूहमा समेत भेटघाटमा बन्देज लगाइएको छ। गाउँपालिका भित्रका नागरिकको स्वास्थ्य अन्य समस्याको लागि वडा कार्यालयमार्फत् गाउँपालिकाले गर्नेछ।
हाल २५ शय्याको क्वारेन्टाइन गाउँपालिकाले आफ्नै खर्चमा निर्माण गरेको छ। उक्त क्वारेन्टाइनमा १४ जना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए। यसअघि क्वारेन्टाइनमा २२ जना रहेका थिए भने एक जनाको मृत्यु भएको थियो। मृत्यु हुने व्यक्तिमा कोरोनाको संक्रमण नभएको पुष्टि भएको थियो।
" /> पोखरा। कोरोना भाइरस संक्रमण जोखिम न्यूनिकरणका लागि कास्कीको रूपा गाउँपालिकाले विशेष कदम चालेको छ।

">