काठमाडौं। कोरोना भाइरस संक्रमण (कोभिड-१९) को महामारीबाट जोगिन सरकारले घोषणा गरेको लकडाउनको पहिलो दिन बिहान उठ्नेबित्तिकै मिल्ने साथीलाई फेसबुक च्याटमा सोधें- ‘कस्तो छ ? चिन्ता नलिनु है ?’ उनले उत्तर दिइन्– ‘सबै ठीक छ। तिमीलाई थाहा छ नि, मेरो परिवारमा धैरैजना मेडिकल फिल्डमा छन्। त्यसैले अलि चिन्ता चाहिँ लाग्दोरहेछ।’ मेरो साथीको परिवारमा ऊबाहेक सबै स्वास्थ्य क्षेत्रमा आबद्ध छन्। अरूबेला कुनै पनि स्वास्थ्य समस्याबारे निर्धक्क हुन सिकाउने र केही समस्या पर्दा म दादा र दिदीसँग सल्लाह गरेर भन्छु है भन्ने साथीको यो चिन्ताले मलाई पनि सोचमग्न बनायो।
कोभिड-१९ महामारीले चिकित्सक र सुरक्षाकर्मीको सुरक्षामा पनि प्रश्न उब्जाइदिएको छ र त्यसको असर घर-घरसम्म पुगेको छ। सायद त्यहीकारण निजी अस्पताल पनि यसबाट हच्किइरहेका छन्। यहीकारण कोरोना भाइरस संक्रमितको उपचारमा पनि चुनौती थपिएको छ।
कोरोना भाइरस संक्रमणको असर नपरेको अहिले कुनै क्षेत्र छैन। सरकारले आफ्नो बलबुताले भ्याएसम्म यसमा काम गरिरहेको छ। तर, यो त्यस्तो महामारी हो जोसँग सरकारको पहलबाट मात्र लड्न सकिन्न। योसँग लड्न समाजका हरेक क्षेत्रको भूमिका उत्तिकै आवश्यक छ।
यसमा प्रत्येक व्यक्तिको भूमिका महत्त्वपूर्ण हुन्छ। प्रत्येक परिवारको भूमिका महत्त्वपूर्ण हुन्छ। अनि प्रत्येक समूह र समुदायको भूमिका पनि उत्तिकै आवश्यक छ।
व्यक्ति-व्यक्तिको भूमिका
सरकारले कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न सबै नागरिकलाई घरमै बसेर सहयोग गर्न अपिल गरेको छ र त्यसका लागि देश लकडाउन (बन्दाबन्दी)को आदेश लागू गरेको छ। देशमा भयावह अवस्था सिर्जना हुन नपाओस् भनेर सरकारले लकडाउन गरे पनि हामी नागरिकले यसलाई गम्भीरतापूर्वक लिइरहेका छैनौं। प्रहरीले लकडाउनको आदेश उल्लंघन गर्ने सयौं व्यक्ति र सवारीसाधन दिनहुँ नियन्त्रणमा लिइरहेको छ। आठौं दिनसम्म पनि यो सिलसिला चलिरहेको छ।
एउटा व्यक्तिले स्वयंमा धेरै गर्न सक्दैन। तर, हामी यति त गर्न सक्छौं नि, होइन ? एउटा व्यक्तिलाई मनोसामाजिक परामर्शको माध्यमबाट उसको आत्मबल बढाएर हामी कोरोना भाइरसविरुद्धको लडाईं जित्न योगदान गर्न सक्छौं ।
संसारभर नै महामारी फैलिएको देख्दादेख्दै हामी व्यक्ति व्यक्ति नै जिम्मेवार बन्न नसकेको उदाहरण हो यो। कोरोना भाइरस संक्रमणविरुद्धको लडाईंमा हामी अरू केही गर्न नसकौंला, तर घरमै बसेर यसको संक्रमण दर घटाउन योगदान दिन सक्छौं। हामी आफू बाँच्नका लागि पनि गर्नैपर्ने काम हो यो। हामी बाँच्ने मात्र होइन, अरूलाई पनि बचाउन संसारभर यही उपाय प्रभावकारी बनेको छ। हामी आफ्नो टोलमा देख्छौं, मानिसहरू साँझपख प्रहरीलाई छलेर सडक र चोक बजारमा निस्कन पाएकोमा खुसी भएका देखिन्छन्। तर, हामी बुझ्न सकिरहेका छैनौं, घरभित्रै बस्नुमा हाम्रो हित छ भन्ने।
नेपालको संविधानको मौलिक हकअन्तर्गत धारा २८ मा गोपनीयताको हकसम्बन्धी व्यवस्था छ, जसमा कुनै पनि व्यक्तिको जीउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक, पत्राचार र चरित्रसम्बन्धी विषयको गोपनीयताको हक हुने उल्लेख छ। कोरोना भाइरस संक्रमित भएका व्यक्तिको गोपनीयता कायम गर्नु हामी सबैको दायित्व हो। अहिलेसम्म सञ्चारमाध्यमहरूले संक्रमित व्यक्तिको नाम उल्लेख गरेका छैनन्, तर हामीले समाचारमा एउटा व्यक्तिको ट्राभल विवरण, ऊ बस्ने वडादेखि टोलसम्म र बाबुआमाको विवरणसमेत समाचारमा ल्याउँदा भोलिका दिनमा त्यो व्यक्ति र उसको परिवारमा सुरक्षाको जोखिम बढ्न सक्छ। भोलि त्यो ठाउँमा पुनर्स्थापनाका लागि त्यो व्यक्ति र परिवारले कति ठूलो संघर्ष गर्नुपर्छ भन्नेबारे हामी ध्यान दिन सकिरहेका छैनौं।

परिवारको भूमिका
व्यक्ति र परिवारको नाता नङ र मासुको जस्तो हुन्छ । बेल्जियमबाट फर्केर कोरोना भाइरस संक्रमण पुष्टि भएकी बागलुङकी युवतीको अस्ति भर्खरको घटना हेरौं। भोलि यसबारे बाहिर कुरा खुले छोरीको विवाह हुन गाह्रो हुन सक्छ भनेर परिवारका कुनै पनि सदस्यले आफ्नै छोरी बिरामी हुँदा पनि अस्पताल जाने विकल्प रोज्न गाह्रो मानेको कुरा बाहिर आयो। भन्न खोजेको के हो भने कतिपय कुरा परिवारले राम्रोसँग बुझ्यो, उसले त्यसका लागि परामर्श पायो भने यो जोखिम कम गर्न सघाउ पुग्दो रहेछ। यसबाहेक परिवारसँगको जमघटमा रमाउने हाम्रो रीतिरिवाजलाई तत्कालका लागि थाँति राख्न पनि मुख्य भूमिका परिवारले नै खेल्न सक्छ।
कोरोना भाइरस संक्रमितको परिवार संख्या थपिँदै जाँदा उनीहरूप्रति गरिने व्यवहार पनि अब सरकारदेखि हरेकको प्राथमिकतामा पर्नुपर्छ। परामर्शलाई प्रभावकारी बनाउन सकिएन भने उनीहरू समाजबाटै एक्लिने खतरा आउन सक्छ, जसले रोगसँग लड्ने उनीहरूको क्षमता थप कमजोर बनाउनेछ।
विश्व स्वस्थ्य संगठनले कोरोना भाइरस संक्रमणका हिसाबले नेपाललाई उच्च जोखिममा राखेपछि विदेशबाट आउने व्यक्तिलाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान लागू गरियो। तर, यसका लागि परिवारको भूमिकालाई कतै महत्त्व दिइएन। स्वयं परिवारहरूले पनि यसमा ध्यान दिएनन्। अहिले लकडाउन उल्लंघन भइरहनुमा पनि परिवारकै भूमिका कमजोर देखिएको छ।
समूहको सहयोग
कोरोना भाइरस संक्रमणको महामारीले रोग लाग्ने जोखिममात्र बढाएको छैन, यसबाट कतिपयलाई भोकभोकै पर्ने अवस्था पनि निम्त्याएको छ। खासगरी दैनिक ज्यालादारीको काम गरेर गुजारा गर्ने मजदुरको वर्ग अहिले जीविकाकै संकटमा छ। यो समूहलाई प्राथमिकतामा राखिनुपर्छ।
नेपालको संविधानले मौलिक हकका रूपमा धारा ३६ मा खाद्यसम्बन्धी हक सुनिश्चित गरेको छ, जसमा प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थामा सुरक्षित हुने हक राज्यले व्यवस्था गर्ने उल्लेख छ। कोरोना भाइरसको संक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठनले ज्येष्ठ नागरिकहरूलाई उच्च जोखिममा देखाएकाले उनीहरूलाई विशेष ध्यान दिन आवश्यक छ। यस्तो समयमा सडक बालबालिका पनि उच्च जोखिममा देखिन्छन्।
त्यसैगरी कोरोना भाइरस संक्रमितको परिवार संख्या थपिँदै जाँदा उनीहरूप्रति गरिने व्यवहार पनि अब सरकारदेखि हरेकको प्राथमिकतामा पर्नुपर्छ। परामर्शलाई प्रभावकारी बनाउन सकिएन भने उनीहरू समाजबाटै एक्लिने खतरा आउन सक्छ, जसले रोगसँग लड्ने उनीहरूको क्षमता थप कमजोर बनाउनेछ।
समुदायको शक्ति
अहिले विभिन्न ठाउँमा कोरोना भाइरस संक्रमणका आशंकित व्यक्तिहरू समाजबाट तिरस्कृत हुने अवस्थामा देखिन्छन्। अरू त अरू सरकारी अस्पतालमा समेत उनीहरूको उपचारमा ध्यान दिइएको छैन। सकभर नजिक नै नपर्ने प्रवृत्ति देखिएको छ। एउटा संक्रमित व्यक्ति अहिले पनि र भोलि पनि समाजमा स्वीकार्य हुने वातावरण बनाउनु टड्कारो देखिन्छ। एकातिर समुदायलाई बुझाउन जरुरी देखिएको छ भने अर्कोतर्फ समुदाय स्वयंले पनि यो संकटमा आफ्नो सहृदयी चरित्र देखाउनुपर्ने खाँचो छ।
अहिले काठमाडौंबाहिर पनि सरकार छन्। प्रदेश सरकार र स्थानीय सरकारहरूले समुदायलाई जगाउने काम गर्न सक्छन्। यो बेला समुदायलाई जगाउने हो भने अहिलेको महामारीसँग लड्न त सकिन्छ नै, भविष्यमा आउने प्राकृतिक विपत्तिका लागि पनि तयारी हुन सक्छ। मास्क र स्यानिटाइजर जस्ता सामग्रीको उत्पादन यो बेलामा प्रदेश र स्थानीय तहमा उत्पादन गर्न शुरू गर्ने हो भने त्यसले भोलिका लागि गर्ने तयारीमा पनि सघाउँछ। अस्पतालको क्षमता बढाउने, दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्ने बेला पनि यही हो।
" /> काठमाडौं। कोरोना भाइरस संक्रमण (कोभिड-१९) को महामारीबाट जोगिन सरकारले घोषणा गरेको लकडाउनको पहिलो दिन बिहान उठ्नेबित्तिकै मिल्ने साथीलाई फेसबुक च्याटमा सोधें- ‘कस्तो छ ? चिन्ता नलिनु है ?’ उनले उत्तर दिइन्– ‘सबै ठीक छ। तिमीलाई थाहा छ नि, मेरो परिवारमा धैरैजना मेडिकल फिल्डमा छन्। त्यसैले अलि चिन्ता चाहिँ लाग्दोरहेछ।’ मेरो साथीको परिवारमा ऊबाहेक सबै स्वास्थ्य क्षेत्रमा आबद्ध छन्। अरूबेला कुनै पनि स्वास्थ्य समस्याबारे निर्धक्क हुन सिकाउने र केही समस्या पर्दा म दादा र दिदीसँग सल्लाह गरेर भन्छु है भन्ने साथीको यो चिन्ताले मलाई पनि सोचमग्न बनायो।कोभिड-१९ महामारीले चिकित्सक र सुरक्षाकर्मीको सुरक्षामा पनि प्रश्न उब्जाइदिएको छ र त्यसको असर घर-घरसम्म पुगेको छ। सायद त्यहीकारण निजी अस्पताल पनि यसबाट हच्किइरहेका छन्। यहीकारण कोरोना भाइरस संक्रमितको उपचारमा पनि चुनौती थपिएको छ।

">