कोभिड-१९ को उपचारमा विदेशी विज्ञसँग अनुभव साटासाट गर्न पाटन अस्पतालमा टेलि कन्फ्रेन्स
काठमाडौं। कोभिड-१९ का बिरामीको उपचार विधिको अनुभव आदानप्रदान गर्न ललितपुरस्थित पाटन अस्पतालमा टेलि कन्फ्रेन्स शुरू गरिएको छ।

टेलि कन्फ्रेन्समार्फत् छिमेकी मुलुकहरूमा भइरहेका कार्यको अपडेट भइ उपचार प्रक्रियालाई थप प्रविधिमैत्री बनाउन सहज हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

"आवश्यकता अनुसार अन्य देशका विज्ञहरूसँग कुरा गरेर एक-अर्काबीचका प्रयास र अनुभव शेयरिङ गर्न सजिलो हुनेछ", मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने।

सरकारले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पतालमा कोरोना भाइरस संक्रमितको उपचार गर्ने व्यवस्था मिलाएको छ।

नेपालमा हालसम्म ५ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ।

एकजना निको भइसकेका छन् भने चारजना विभिन्न अस्पतालमा आइसोलेसनमा उपचाररत् छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्