बागमती प्रदेश कोभिड-१९ कोषमा नेपाल बैंकको पाँच लाख सहयोग <p>हेटौंडा। बागमती प्रदेशको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल बैंकले पाँच लाख रूपैयाँ सहयोग गरेको छ।</p> <p>बैंकका हेटौंडा शाखा प्रमुख यामनाथ दाहालले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई सहयोग रकमको चेक हस्तान्तरण गरे।</p> <p>विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-१९ नियन्त्रणका लागि सबैको पहल आवश्यक रहेकोले सहयोग गरिएको शाखा प्रमुख दाहालले बताए।</p> <p>मुख्यमन्त्री पौडेलले बैंकको सहयोग प्रति आभार जनाउँदै कोभिड-१९ विरुद्धको कार्ययोजना सफल बनाउन सरकारको कामलाई संघसंस्था, व्यक्तिलगायत सबैले सहयोग गर्न जरुरी रहेको बताए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्