कोभिड-१९ बाट फ्रान्समा २४ घण्टामा ४९९ को मृत्यु
पेरिस। फ्रान्समा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमण (कोभिड-१९) बाट चार सय ९९ जनाको मृत्यु भएको छ।

स्वास्थ्य सेवा निर्देशक जेरोमी सोलामनका अनुसार हालसम्म फ्रान्समा कोभिड-१९ बाट मृत्यु भएकाको संख्या तीन हजार पाँच सय २३ पुगेको छ।

कोरोना भाइरसको संक्रमण शुरु भएयता फ्रान्समा एकै दिन त्यति धेरै मानिसको मृत्यु भएको पहिलो घटना हो। जेरोमीका अनुसार २४ घण्टामा कोरोना भाइरस संक्रमितको संख्या ४४ हजार पाँच सय ५० बाट बढेर ५२ हजार एक सय २८ पुगेको छ।

जोन हकिन्स विश्वविद्यालयका अनुसार कोरोना भाइरसको संक्रमण तीव्रतर गतिमा फैलिने ६ मुलुकमध्ये फ्रान्स पनि एक हो। अमेरिका, इटाली, चीन, स्पेन र जर्मनी उक्त सूचीमा छन्। बीबीसी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्