ड्युटी जाँदै गरेकी अनमीको दुर्घटनामा मृत्यु <p>काठमाडौं। बाँकेको कोहलपुरस्थित न्युरोड सेन्टरप्लाजा चोकमा मंगलबार भएको सवारी दुर्घटनामा एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ।</p> <p>जिल्लाको बैजनाथ गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र, वनकटुवामा कार्यरत अनमी शोभाकुमारी केसीको मृत्यु भएको हो।</p> <p>गाउँपालिका अध्यक्ष दिलबहादुर थारूका अनुसार अनमी केसी सवार मोटरसाइकल बिरामी बोकेर नेपालगञ्ज जाँदै गरेको एम्बुलेन्समा ठोक्किएको थियो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्