यी हुन् सरकारले कोभिड-१९ को उपचारका लागि तोकेका देशभरिका अस्पताल (सूचीसहित)

काठमाडौं। सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि उपत्यकाका ६ वटा अस्पताललाई तोकेको छ। त्यस्तै प्रत्येक प्रदेशमा दुईवटाको दरले सात वटा प्रदेशमा १४ अस्पताल तोकिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनासँग सम्बन्धित उपचारको लागि उपत्यकामा तोकिएका अस्पतालहरूमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, आयुर्वेद अनुसन्धान केन्द्र र सैनिक अस्पताल छन्।

त्यस्तै प्रदेश १ मा मेची र उदयपुर अस्पताल, प्रदेश २ मा जनकपुर र बारा अस्पताल, बागमती प्रदेशमा भक्तपुर र सिन्धुली अस्पताल, गण्डकी प्रदेशमा धौलागिरी र गोरखा अस्पताललाई तोकिएको छ।

प्रदेश ५ मा लुम्बिनी अस्पताल, कर्णाली प्रदेशमा सुर्खेत र दैलेख अस्पताल एवं सुदूरपश्चिम प्रदेशमा सेती र महाकाली अस्पताललाई तोकिएको छ।

देशैभर तोकिएका हब अस्पताल र सम्पर्क चिकित्सकको फोन नम्बर, जिल्ला अस्पतालको विवरणको सूची यसप्रकार छ।

प्रतिक्रिया दिनुहोस्