बाजुरामा रुघाखोकीले तीन सय परिवार प्रभावित <p>बाजुरा। जिल्लाको खप्तड छेडेदह गाउँपालिका-३ पुडाबाब्लामा रुघाखोकीबाट तीन सयभन्दा बढी परिवार प्रभावित बनेका छन्। एक सातादेखि फैलिएको रुघाखोकी र ज्वरोबाट एक घरका दुईदेखि पाँच जनासम्म बिरामी परेको वडाध्यक्ष दीपक रावतले बताए।</p> <p>सामान्य खोकी लाग्&zwj;ने ज्वरो आउने, रिंगटा लाग्&zwj;ने, खान मन नलाग्&zwj;ने र शरीर थकित &nbsp;हुनेजस्ता लक्षण बिरामीमा देखिएको स्वास्थ्यकर्मी गणेश रावतले बताए। परिवार नै रुघाखोकीले थला परेपछि सहयोग गर्ने मान्छेसमेत गाउँमा भेटिन छाडेको छ। प्रत्येक घरमा बालबालिकादेखि वृद्धवृद्धासम्म बिरामी परेका छन्।</p> <p>गाउँपालिकाका स्वास्थ्य संयोजक नन्दबहादुर रावतले मौसम परिवर्तनका कारण रुघाखोकीको प्रकोप देखिएकाले डराउनुपर्ने अवस्था नरहेको बताइन्। गाउँ नै रुघाखोकीबाट थला परेपछि गाउँपालिका अध्यक्षसहित स्वास्थ्यकर्मीको टोली आएर आधारभूत स्वास्थ्य एकाइ सञ्&zwj;चालन गरिएको छ। <em><strong>रासस</strong></em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्