साल्ट ट्रेडिङ कर्पोरेसनले १३ स्थानबाट खाद्य सामग्री बिक्री गर्दै
काठमाडौ। साल्ट ट्रेडिङ कर्पोरेसनले आज काठमाडौं उपत्यकाका १३ स्थानबाट खाद्य सामग्री बिक्री गर्ने भएको छ।

लकडाउनको समयमा उपभोक्ताहरूले दैनिक उपभोग्य सामान सहज रूपमा पाउन नसकिरहेको बेला साल्ट ट्रेडिङले घुम्ती पसलमार्फत् सामान बेच्दै आएको छ।

कर्पोरेसनले मोबाइल भ्यानमार्फत नुन, चामल, चिनी, मैदा र आटा बिक्री गर्ने भएको हो।

सामाखुसी चोक, गोंगबु, टोखा, झोर (टोखा), खुशीबु, नयाँ बजार क्षेत्रमा खाद्यान्न बिक्री गरिने साल्ट ट्रेडिङले जनाएको छ।

त्यस्तै, बालाजु, रिंगरोड, कुपण्डोल, सानेपा, गसिंगाल र पाटनबाट पनि बिक्रीको व्यवस्था मिलाइएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्