लकडाउन अटेर गर्दै बाहिर निस्केका २१९ जनाको सवारीसाधनलाई कारबाही गरियो
ट्राफिक प्रहरी महाशाखाका अनुसार आज बिहान ९ बजेसम्म ती सवारीसाधन नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिइएका सवारीसाधनहरूमा २०० वटा दुई पांग्रे र १९ वटा चार पांग्रे सवारी छन्।
११ चैतदेखि एक साताको लागि घोषणा गरिएको लकडाउन सरकारले पुन: २५ चैत राति १२ बजेसम्म लागू हुने गरी लम्ब्याएको छ।
कोरोना भाइरस संक्रमणको जोखिमप्रति सावधानि अपनाउँदै नागरिकलाई घरभित्रै सुरक्षित रूपमा बस्न अनुरोध गरिएको छ।
तर, लकडाउनको अटेर गरेर कामबिना बाहिर निस्किनेलाई प्रहरीले पक्राउ गर्नुका साथे सवारीसाधन नियन्त्रणमा लिँदै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्