कोभिड-१९ को उपचार गर्न तोकिएको वीर अस्पतालमा पूर्वाधार अभाव

काठमाडौं। सरकारले नेपालको जेठो अस्पताल वीर अस्पताललाई पनि कोभिड १९ का बिरामीको उपचार गर्ने अस्पतालको रूपमा तोकेको छ।

तर, अस्पतासँग कोभिड–१९ को उपचारका लागि पूर्वाधार र तयारी भने पर्याप्त छैन।

अस्पतालले अहिलेसम्म पाँच वटा बेड भएको आइसोलेसन र दुई वटा बेडसहितको आईसीयू कक्ष मात्र छुट्याएको छ।

“अस्पतालसँग २३ वटा आईसीयु छन्, तर कोभिड-१९ कै उपचारका लागि भनेर दुई वटा तयारी अवस्थामा राखेका छौं”, निर्देशक डा. केदार सेञ्चुरी भन्छन्, “अस्पतालसँग अहिले आवश्यक किटहरु छैन, किटका लागि स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरिएको छ, स्वास्थ्य सेवा विभागलाई माग फाराम भरेर पठाएका छौं। ”

नमूना परीक्षणको लागि २०० किट माग गरिएको निर्देशक सेञ्चुरीले देखापढीलाई बताए।

उनले भने, “अस्पतालसँग करीव ५० वटा जति पीपीई मात्र छ, पर्याप्त छैन, त्यसको लागि पनि समन्वय गर्दैछौं ।”

सेञ्चुरीका अनुसार स्वास्थ्य कर्मचारीका लागि आवश्यक परेमा क्वारेन्टाइनको व्यवस्था गर्ने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्