३५२ जना भारतीय वीरगञ्जमा पक्राउ
वीरगञ्ज। कोभिड–१९को संक्रमण रोक्न घोषणा गरिएको देशव्यापी लकडाउन अवज्ञा गर्ने ३५२ जना भारतीय नागरिकलाई वीरगञ्जमा नियन्त्रणमा लिइएको छ।  वीरगञ्ज नाकाबाट भारततर्फ जाँदै गरेका पाँच महिला, ११ बालबालिका र ३३६ पुरुषलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो ।

देशको विभिन्न स्थानमा रही काम गर्दै आएका भारतीय नागरिक वीरगञ्ज हुँदै भारततर्फ जाने क्रममा आज बिहान करीब १ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए। थापाले नियन्त्रणमा लिइएकालाई हाल वीरगञ्जको आदर्शनगरस्थित ठाकुरराम बहुमुखी कम्यापसको एजुकेशन भवनमा राखिएको पनि बताए।

काठमाडौं, चितवन, मकवानपुर, पोखरालगायतका स्थानमा रही काम गर्दै आएका भारतीय नागरिक  मालवाहक वाहनमा लुकिछिपी तथा पैदल यात्रा गर्दै वीरगञ्जसम्म आइपुगेको प्रहरीले जनाएको छ।

प्रहरी नियन्त्रणमा रहेकालाई आदर्शनगर ग्रीन सिटी सामुदायिक सेवा केन्द्रले खानाको प्रबन्ध गरेको छ। नियन्त्रणमा रहेकालाई जिल्ला सुरक्षा समन्वय समितिको आज बस्ने बैठकले के कारवाही गर्ने विषयमा निर्णय गर्ने भएको छ।

यसअघि लकडाउन घोषणा भएको दोस्रो दिन पनि चीतवनबाट कन्टेनरमा लुकेर वीरगञ्ज पुगेका ५३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरू भने सबै नेपाली नागरिक थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्